भिम पौडेल ‘घाँसे’बुढ्याैलीका कुरा
आधा हाे जल हल्लने छलछली, छल्किन्न गाग्री भरी। त्यस्तै ज्ञान सँधा गड्याे थिर भयाे, बन्दैन बक्बक् गरी। जाे कालाे चिज खान्छ पाप मनले, कालै छ बिष्टा लुकी। आफ्नै ओज उँधाे स-याे सनसनी, के हुन्छ मिथ्या भुकी।

भीम पाैडेल घाँसे
हानी हाे रिस शत्रु हाे, बुझिलिनु, हाे वुध्दि नै औषधी।
एक्छिन्काे रिस पाउ कुल्चन सके, टर्नेछ ठूलाे खती।
माया माेह र लाेभ क्रोध तनमा, त्याे लुक्छ माथा भरी।
यस्कै चंगुलमा फस्याे बडि भने, त्याे हुन्छ वाधा अरी।१।
आफ्ना अग्रज बाेटहुन् समयका, ती श्रृष्टिका प्रेम हुन्।
मर्यादा क्रम भुल्छ वेकुब बनी, ती व्यर्थका लाश हुन्।
आफू बन्छ भलाे, सबै जगत नै, मिल्ने भलाेभै गुण।
जानी ज्ञान उमार्छ जाे ह्रृदयले, त्याे हाे सज्ञानी जन।२।
लेखेकाे ईतिहास छैन झगडा, गर्दा भयाे उन्नति ।
पर्ने धेर अरू अनन्त लफडा, पीडा र त्याे सम्पति।
सित्तै नाश हुनेछ माद गरदा, भाे जीवनी भारमा।
नाना कष्ट नझेल साेच मनमा, के शान्ति त्याे मारमा।३।
आधा हाे जल हल्लने छलछली, छल्किन्न गाग्री भरी।
त्यस्तै ज्ञान सँधा गड्याे थिर भयाे, बन्दैन बक्बक् गरी।
जाे कालाे चिज खान्छ पाप मनले, कालै छ बिष्टा लुकी।
आफ्नै ओज उँधाे स-याे सनसनी, के हुन्छ मिथ्या भुकी।४।
०००
कटारी, उदयपुर
Subscribe
Login
0 Comments
Oldest








































