साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध आवाज

बितेका पैले ती मन मन कहानी जब खडा। यही चाेला हाम्रो, दिन दिन घटी, हुन्न तगडा। उधारी याे गाेली, पल पल लिनै पर्छ मुखमा। अझै बाचूँ भन्ने, हरबखत आशा छ मनमा।

Nepal Telecom ad

भिम पाैडेल घाँसे :

फुले जुङ्गा दारी, नयन मधुरा कान बुजिए।
रह्याे हड्डी छाला, तन बल सकी, पाउ कुँजिए।
न खाँदामा मीठाे,रस छ मुखमा, स्वाद सकियाे।
न चेतैभाे ताजा, छिनभर नभै, भुल्छ भुलियाे।१।

तनै दु:खी ज्यादा न त छ निदरी, रात विचमा।
बिछौनामा सुत्दा चस चस दु:खी वात मनमा।
यिनै छाेरा छाेरी परिजन रहेता, तर पनि।
उनैका यात्रामा हरबखत साथी छु म पनि।२।

कतै टाढा निस्कूँ नत छ बल नै देह गतिमा।
हुने देहै पीडा,हँ..हँ. छ मनमा, वाेल्छ मुखमा।
सहारा लट्ठीकाे घर निकटमा पाउ गतिकाे।
हितैषी दाँवाले, नजिक छभने वात उति भाे।

बितेका पैले ती मन मन कहानी जब खडा।
यही चाेला हाम्रो, दिन दिन घटी, हुन्न तगडा।
उधारी याे गाेली, पल पल लिनै पर्छ मुखमा।
अझै बाचूँ भन्ने, हरबखत आशा छ मनमा।४।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
न्यायको भाटा

न्यायको भाटा

भिम पौडेल ‘घाँसे’
कलम र प्रतिभा

कलम र प्रतिभा

भिम पौडेल ‘घाँसे’
बा नै सन्ततिका निमित्त शिर हुन्

बा नै सन्ततिका निमित्त...

भिम पौडेल ‘घाँसे’
कालाे छ बत्तीमुनि

कालाे छ बत्तीमुनि

भिम पौडेल ‘घाँसे’
बुढ्याैलीका कुरा

बुढ्याैलीका कुरा

भिम पौडेल ‘घाँसे’
जाग्राम

जाग्राम

भिम पौडेल ‘घाँसे’
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
0
Would love your thoughts, please comment.x
()
x