फित्काैली डटकमसुरभि आख्यानवाचन कार्यक्रमको १८० औँ शृङ्खला
अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा वरिष्ठ साहित्यकार गङ्गा कर्माचार्य पौडेल प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा सुरभिका संरक्षक गोविन्द घिमिरे वेदमणि हुनुहुन्थ्यो ।

काठमाडौं, २०८२ पुस १९ । सुरभि साहित्य प्रतिष्ठानले आफ्नो १८० औँ आख्यानवाचन कार्यक्रम सम्पन्न गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा वरिष्ठ साहित्यकार गङ्गा कर्माचार्य पौडेल प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा सुरभिका संरक्षक गोविन्द घिमिरे वेदमणि हुनुहुन्थ्यो । अन्य अतिथिहरूमा साहित्यकार महेन्द्र चालिसे, शिक्षासेवी उद्धव रायमाझी, कथाकार दिवाकर न्यौपाने र मासिक १०० अभियानका अध्यक्ष सञ्जय पोखरेल हुनुहुन्थ्यो ।
प्रतिष्ठानका सदस्य वसन्त रिजालको स्वागत मन्तव्यबाट सुरु भएको यस कार्यक्रममा प्रमुख अतिथि गङ्गा कर्माचार्य पौडेलले आफू पनि यही प्रतिष्ठानबाट कथातर्फ डोरिएकी भन्दै यसले मजस्तै अन्य धेरै कथाकार जन्माएको मात्र होइन खारिएका कथाकारसमेत बनाएको कुरा गर्नुभयो ।
त्यस्तै विशिष्ट अतिथि गोविन्द घिमिरे वेदमणिले कथा सुन्ने र सुनाउने उत्तम थलो भएकाले पनि यस कार्यक्रममा उपस्थित हुन मन लाग्दछ भन्नुभयो र एउटा बोधकथा सुनाउनुभयो ।
त्यसै गरी अन्य कथावाचन गर्ने कथाकारहरूमा बाजुराम पौडेल, परशुराम पराशर, महेन्द्र चालिसे, दिवाकर न्यौपाने, सरिता दुलाल घिमिरे, अनिता ढकाल र सुशील आचार्य हुनुहुन्थ्यो ।
वाचित कथाहरूको छोटो समीक्षा प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन भने प्रतिष्ठानका सदस्य नगेन्द्रप्रसाद भट्टराईले गर्नुभएको थियो ।
०००
परशुराम पराशरको सौजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































