साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सामन्तका छाउरा

दासीले कविता चढाउँछ सधै, सामन्तका पाउमा। दासीको पद सुट्ट सुट्ट सजिल्यै, हत्याउने दाउमा।। साच्चै दास ठुला कवि कहलिए, सामन्तका खाँतिर। भत्काऊ रित यो मिलेर कविहो, बदनाम भो आखिर।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

जाग्लान् यो मनमा मुना प्रकृतिका, खुल्लान् तबै लोचन।
टिप्नेछन् ति मुना तबै कविजिले, सोची बिचारी कन।।
उन्नेछन् तब शव्द हार कविले, माला बनाई कन।
देख्नेछन् जनको समान कविले, तोडेर सब बन्दन।।१

देख्छन् मानवको समान कविले, को हिन्दु को मुस्लिम।
मान्छन् धर्म सबै समान कविले, के बुद्ध के कृस्चन।।
बग्छन् नित्य अपार सागरसरी, कन्चन बनाई मन।
हिड्दैनन कविले बनी फकिरझै, माथा दली चन्दन।।२

पढ्छन् वेद पुराणको सगसगै,गीता सगै बाईबल।
पढ्छन् वेद सगै कुरान पनि यो, हुन्नन् कतै अलमल।।
चिन्दैनन् कविले विभेद गरने पण्डा पुजारी कन।
मान्दैनन कविले विभेद गरने, मुल्ला इसाई कन।।३

गाउन्नन कविले पुकार गरदै,गाथा कसैका पनि।
जे जे देख्छ दुरुस्त लेख्छ कविले, झुक्दैन दासी बनी।।
ऐनाझै हुन पर्छ शुद्ध कविता, छर्लङ्ग देखोन् सब।
जस्ले लेख्छ समाजका सबकुरा, मानिन्छ सार्थक तब।।४

दासीले कविता चढाउँछ सधै, सामन्तका पाउमा।
दासीको पद सुट्ट सुट्ट सजिल्यै, हत्याउने दाउमा।।
साच्चै दास ठुला कवि कहलिए, सामन्तका खाँतिर।
भत्काऊ रित यो मिलेर कविहो, बदनाम भो आखिर।।५

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x