बालकृष्ण खनालसामन्तका छाउरा
दासीले कविता चढाउँछ सधै, सामन्तका पाउमा। दासीको पद सुट्ट सुट्ट सजिल्यै, हत्याउने दाउमा।। साच्चै दास ठुला कवि कहलिए, सामन्तका खाँतिर। भत्काऊ रित यो मिलेर कविहो, बदनाम भो आखिर।।

बालकृष्ण खनाल :
जाग्लान् यो मनमा मुना प्रकृतिका, खुल्लान् तबै लोचन।
टिप्नेछन् ति मुना तबै कविजिले, सोची बिचारी कन।।
उन्नेछन् तब शव्द हार कविले, माला बनाई कन।
देख्नेछन् जनको समान कविले, तोडेर सब बन्दन।।१
देख्छन् मानवको समान कविले, को हिन्दु को मुस्लिम।
मान्छन् धर्म सबै समान कविले, के बुद्ध के कृस्चन।।
बग्छन् नित्य अपार सागरसरी, कन्चन बनाई मन।
हिड्दैनन कविले बनी फकिरझै, माथा दली चन्दन।।२
पढ्छन् वेद पुराणको सगसगै,गीता सगै बाईबल।
पढ्छन् वेद सगै कुरान पनि यो, हुन्नन् कतै अलमल।।
चिन्दैनन् कविले विभेद गरने पण्डा पुजारी कन।
मान्दैनन कविले विभेद गरने, मुल्ला इसाई कन।।३
गाउन्नन कविले पुकार गरदै,गाथा कसैका पनि।
जे जे देख्छ दुरुस्त लेख्छ कविले, झुक्दैन दासी बनी।।
ऐनाझै हुन पर्छ शुद्ध कविता, छर्लङ्ग देखोन् सब।
जस्ले लेख्छ समाजका सबकुरा, मानिन्छ सार्थक तब।।४
दासीले कविता चढाउँछ सधै, सामन्तका पाउमा।
दासीको पद सुट्ट सुट्ट सजिल्यै, हत्याउने दाउमा।।
साच्चै दास ठुला कवि कहलिए, सामन्तका खाँतिर।
भत्काऊ रित यो मिलेर कविहो, बदनाम भो आखिर।।५
०००
टिकापुर, कैलाली
Subscribe
Login
0 Comments
Oldest






































