साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अई बटारे ! कति कप खाईस् चिया ?

आ... चौतारेले रसीया गाउन थाल्यो अब हामी पनि जाउँ भन्दै आआफ्ना बाटो लागे। चौतारेले झन् चर्को चर्को बजाउँदै भन्यो- कोई न कोई, आफ्नै घर ओई।

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

बाटाघरकोलाई बटारे (बाटाघरे) बडहरको रूख मुनि/ निरको घरलाई बडरे कोइरालको रूख घर नजिक भए कोईराले, कटहरको रूख भए कटरे/ कटहरे, स्याल फुस्राको रूख भए स्यालफुस्रे, गोगनको रूख भए गोगने, डॅाडामा घर भए डाँडारे/ डँडारे, गैरामा घर भए गैरे, पैरामा धर भए पैरे, डुम्रीरूख घरनिर भए डुम्रे, कुँडारमा घर भए कुँडारे, खोलामा घर भए खोले, लेकमा भए लेकाली, पहाड,पर्वतमा भए पर्वते, कछारमा भए कछारे, टारमा भए टरेली, गोठमा छोरो जन्मे सॅाढे छोरी जन्मे साँढी, = गोठे/ गोठी; माईतमा जन्मे मैतालु/मैती, नजन्मिदै बाउ मरे गर्भे, बाउ पत्ता नलागे बतासे, बिना बाउ, पोइले नहेरे नि प्रतिक्षा गरि बसिरहेकी आशे, टीका टालो गरेको वा वागदत्त गरी जनै सुपारी समातेको वा ठेकीपुडाे लागिसकेको बर मरेमा केटीलाई बैकल्या भनिन्छ।

धेरै टीका लाए नौ टिके, सानो स्वरले बोले साऊते, ठूलो स्वरले बोले चोथाले,कटुवाले, दोबाटामा घर भए दोबाटे, चौबाटामा भए चौबाटे, चाउथे, कराईरहने भए चिरबिरे चौतारl निर घर हुने चौतारे यसरी परिस्थिति हेरेर नाम राख्ने चलन हाम्रो समाजमा कुनै अनौठो हैन।

त्यसैले बाटाघरेलाई बटारे भन्दामा के फरक पर्नु र ? तर बटारे नाम अनुसार नै कुरा बटार्न खप्पिस पनि छ अल्छी पाटी निरको बटारे पानी घट्टको चौतारे जस्तै।

चार भन्ज्याङको किनारी पाखामा जग्गा भिरालो भए पनि युगौंदेखि बस्ती निक्कै बाक्लो रहदै आंएकोछ। तिनै बस्ती मध्येको मल्लिक टार पनि एउटा सानो गाउँ रमाईलो बस्ती भएको ठाउँ हो। त्यहाँ गाउँ सानो भए नि धेरै थरीका मानिसहरूको बस्ती र गाउ मुनि फराकिलो पाटीघट्ट गाई भैंसी चर्ने सिमसार चउर र तेसको बगलमा ठाँटी पाटी हुँदा गोठाला, फुर्सदिला मान्छेहरूले समय बिताउनी अनि नजिकैको चौतारा निरकोचौतारेको घरको चिया पसलको चिया बिकाउनी गर्दथे।

कसले कति कपसम्म दिनमा चिया खान्छ भनेर लेखा जोखागर्ने गर्थे। तेहि सिलसिलामा बडरेले भन्यो’अई बटारे तैंले कति कप खाईस् चिया, लु भन्त ?।” हा हा मलाई सोधेको बडरे मैले त यो समेत बाह्र हुन्छ एक दर्जन बुझिस् पाजी के सोध्छस् मलाई। ’ए डुम्रे तैले कति खाईस् नि ? हेर बटारे तँ छुसीले के सोध्ने मलाई बरू सुन्दैमा होस् हराएर ढल्लास् नाथे, मेरो त यो समेत २२ कप भयो। मसँग दाँजिन कोहि आवोस्त छ भने कोही हुति भाको छोरो यो भेगमा ? भन्दै परछेउमा बसेका डुम्रे अलि नजिकै आएर घुँडा दोबारेर बसेको थलाबाट उठेर अनि पाखुरा सुर्कदै भन्यो ए ! स्याल हो के को स्याल भाका हाल्छौ दोबाटामा बसेर लाछी मोरा हो ।

तिमीहरू कहिल्यै खानसक्छौ दिनमा २५ कप ? बड फुर्ति गर्ने ? तेत्तिकै स्यालको हुईंयाँ छोड्दारछन् स्यात्तुहरू लु आईज को छ ? एक दिन खाको कुरा गर्ने ? दिन दिनै खाको को छ ? लाज लाग्दैन ?” बटारेर बडरे चुप्प बसेको देखेर पैरे बुढाले भने देख्यौत केटा हो ? यी दुईटा ठेट्ना बल्ल मान्छेका फेला पर्या थे, जुगाको मुखमा टिम्मुर लागि हाल्यो ।

ऊ हेर त गुडुल्केका,सर्पले गरूढ देखे झैं।’ बडहरेले भन्यो भो भो भन्न पर्दैन हगि बटारे हामी त दूध बेचेको पैसा सकिन्छ भनेर पो त नत्र खान किन नसक्ने ? जन्तु तेहि हो भुँडी यहि हो कसो ? हो नि त नि हगि ?’ डुम्रेले भन्यो त्यो त हो नि सहरमा दूध बेच्यो,पखेरामा पोख्यो। दूध बेचेर चिया खाएपछि सकिने नै भयो नि।” तिमी मुलाहरू नखाएर के तालिबर भा छौ र ? फुर्ति गर्या ? मेरो नि व्यवहार चलेकै छ के त नि।” हो हो गैरेले भन्यो खाए सकिन्छ, सास गए मरिन्छ’ है न तनि काका ? भन्याथ्यो सबै हलल हाँसेको देखेर डुम्रे उठेर हिँड्यो ।

अनि बटारे र बडरे पनि उठेर भने लौ पच्चिसे गै गो हामी दर्जने, बीसे र बाईसे के बसाई भो र ? भन्दै बाटो लागे।पसलमा सबै तिनैतिर हेरेर नबोली बसिरहे। अलि पर पुगेपछि गोगनेले भक्कभकाउँदै भन्यो’ क ..को ..को.. घाँटी तान्दै ई ई नि ग ग ग तिला छ छ छैनन् स स सस सबै स्व स्व स्व स्वास्नी द दा दा दाउने हु हु हुन्।

डाँडघरेले भन्यो खाँट्टी कुरा गरिस् भाइ हो यी सबै गाई जोताहा हुन्। स्वास्नी दाउने हुन्। सबैले एकै स्वरमा हो हो भने। यो सुनेर चौतारेले गिलासमा चम्चाले हान्दै गीत गायो” गाउँ न त गाउने कान्छा, गाउनेको अगाडि बुखै नबाउने” छेउ कुनामा बसेका सबै मुखामुख गरेर भने- आ… चौतारेले रसीया गाउन थाल्यो अब हामी पनि जाउँ भन्दै आआफ्ना बाटो लागे। चौतारेले झन् चर्को चर्को बजाउँदै भन्यो- कोई न कोई, आफ्नै घर ओई।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरानी केमा लगाम बा ?

खरानी केमा लगाम बा...

सुरेशकुमार भट्ट
मर्ने कसरी रैछ मैले जाने नि दाइ ! हो है भाइ ?

मर्ने कसरी रैछ मैले...

सुरेशकुमार भट्ट
लुर्केको भाकल : उँधो न उँभो

लुर्केको भाकल : उँधो...

सुरेशकुमार भट्ट
धन्नै गएनन् माझघर बा

धन्नै गएनन् माझघर बा

सुरेशकुमार भट्ट
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x