साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कलम र प्रतिभा

जस्तै वालक जन्मदा प्रसवले , आमा पसाराे रुँने । यौटा पुस्तक जन्म गर्छ जसले, हालत् उहीँ हाे हुने। उम्रन्छन् जब बाेट ती पिपलका, पर्खाल फाेडी कन। त्यस्तै आजित हुन्छ जाे कृति विधा सर्वाङ्ग काया दिन।

Nepal Telecom ad

भीम पाैडेल घाँसे :

लुक्छिन् हाे प्रतिभा उनी अकरमा, खाेज्ने कला भावुक।
घुम्टाे मात्र उघार्नु पर्छ पहिले, देखिन्छ उन्काे रुप।
पीडाकाे मनले चल्याे कलमता, राेईरहन्छिन् तिनी।
भाेका ती अदना असाय जनकाे, भाषा कथा बाेलिने।।१।

बस्ती देश विदेश विश्वभरिकै, गाथा सबै भेटिने ।
ठट्टा हास्य उदण्डमा कलमगाे, त्याे हाँस्य व्यङ्गे हुने।
धेरै छन् कृतिका अनेक तरिका, पर्धा उघार्नै सके ।
बाटै बाट फिरे दुबै पदभने, नैराश्यतानै लुके।२।

इच्छा त्यै हुनुपर्छ खाेज अनिपाे, त्यै हाे उपाए पनि।
जान्ने काेशिश गर्छ जाे कलमले, जान्ने हुने हाे अनि।
बुझ्नैहुन्छकठिन् बुझ्याेअझकठिन्, वुझ्दै गयाे झन्कठिन्।
सागर् देखि पसेर जाे सगरमा, पुग्छन् उनै वीर हुन्।३।

जस्तै वालक जन्मदा प्रसवले , आमा पसाराे रुँने ।
यौटा पुस्तक जन्म गर्छ जसले, हालत् उहीँ हाे हुने।
उम्रन्छन् जब बाेट ती पिपलका, पर्खाल फाेडी कन।
त्यस्तै आजित हुन्छ जाे कृति विधा सर्वाङ्ग काया दिन।४।

श्रष्टाले जब खाेज्छ मन्मन गुणी, साहित्यमा लेखने।
पुग्छन् जाे दिल छाम्न भावुक बनी, बाटाे विधा निस्कने।
त्यै हाे तेज कला चलाेस अविरल्, थाक्तै नथाकी जन।
थप्ने छन् इँट झै र पारखिहरू, कैले नमर्ने धन।५।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
न्यायको भाटा

न्यायको भाटा

भिम पौडेल ‘घाँसे’
बा नै सन्ततिका निमित्त शिर हुन्

बा नै सन्ततिका निमित्त...

भिम पौडेल ‘घाँसे’
कालाे छ बत्तीमुनि

कालाे छ बत्तीमुनि

भिम पौडेल ‘घाँसे’
वृद्ध आवाज

वृद्ध आवाज

भिम पौडेल ‘घाँसे’
बुढ्याैलीका कुरा

बुढ्याैलीका कुरा

भिम पौडेल ‘घाँसे’
जाग्राम

जाग्राम

भिम पौडेल ‘घाँसे’
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x