साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फाँकी भाेटका

चित्त खानेहरू राष्ट्र सेवी अरू भार बाेक्ने हऊन् चक्र गाडा अब बुद्धका देशमा शुद्ध मान्छे रहून् भ्रष्ट जत्थाहरू भाग टाढा अब ।

Nepal Telecom ad

पुरूषाेत्तम सिग्देल :

टाेल बस्ती पुरी खुल्छ मेला अब
मासु भान्सा र रू जम्छ खेला अब

चिन्दथ्याे बाेल्दथ्याे भेटदिन्थ्याे न ता
हात जाेडी नुही बन्छ चेला अब

भाेटमा भेटियाे बस् भयाे बेपता
आँगनी ओर्लियाे बाघ साँढा अब

काेष मान्याे बपाैती निजीझैँ हिजाे
लुट्न अझ्झै बढ्याे देश भाँडा अब

लाज के ढाँटमा छल्नमा माहिर
बिझ्न खाेज्दैछ झन् क्षुद्र काँडा अब

काेष रित्ताे छ आफन्तमा बाँडिदा
गाँज्दछन् पल्किई तुलीगाँडा अब

लातकाे भूत मान्दैन रे बातले
हान्नु झप्पू अझै शर्म-छाडा अब

नातिझैँ काखमा लट्पुटी आउँछन्
फेरिई फेरिई रङ्ग गाढा अब

कुद्थे भीर पाखा खुला पाइला
हिँड्छ कष्टै सही लैनु पाडा अब

नाेटले भाेट सट्टा गरेमा बिष
काट्न प्याऊँ ल है वैद्य काडा अब

चित्त खानेहरू राष्ट्र सेवी अरू
भार बाेक्ने हऊन् चक्र गाडा अब

बुद्धका देशमा शुद्ध मान्छे रहून्
भ्रष्ट जत्थाहरू भाग टाढा अब ।

०००
२०८२/१० /५
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x