साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध जोडी

परे अफ्ठ्यारोमा युक्ति खोज्नै परेन दुवै यी ज्ञाता छन् आँसु थोपा झरेन सबैले पछ्याऔँ मार्ग चौडा यिनै छन् मिलेका साथी झैँ वृद्धवृद्धा सँगै छन् ।।

Nepal Telecom ad

कविराज घिमिरे :

पखेटाका न्याना श्रेय सौगात पाई
भुलेका छन् जोडी नित्य आनन्द आई
परुन् आपत् जस्ता खेप्न जागा हुँदै छन्
मिलेका साथी झैँ वृद्धवृद्धा सँगै छन् ।। १

बढी छोराछोरी भुर्र उड्दै चहार्छन्
उतै दानापानी खानलाई बढार्छन्
जहाँ जाउन् आफ्ना स्थान आफ्नो लिँदै छन्
मिलेका साथी झैँ वृद्धवृद्धा सँगै छन् ।। २

दुखेमा यौटाले सुम्सुम्याएर अर्को
निको पार्दै जान्छन् औषधी हुन्छ अर्को
दुवै मस्की बस्छन् काल टर्दै छ झन् झन्
मिलेका साथी झैँ वृद्धवृद्धा सँगै छन् ।। ३

न चाहिन्छन् अग्ला बस्नलाई मकान
यिनै झुप्रा हुन्छन् मार्नलाई थकान
अहो! प्रेमी यस्ता वन्दनायोग्य बन्छन्
मिलेका साथी झैँ वृद्धवृद्धा सँगै छन् ।। ४

जगत्को आत्मामा शान्तिको साथ पाई
हटाए बिस्तारै भोकको बैँसलाई
बनी ईर्ष्या टाढा नित्य श्रीराम जप्छन्
मिलेका साथी झैँ वृद्धवृद्धा सँगै छन् ।। ५

परे अफ्ठ्यारोमा युक्ति खोज्नै परेन
दुवै यी ज्ञाता छन् आँसु थोपा झरेन
सबैले पछ्याऔँ मार्ग चौडा यिनै छन्
मिलेका साथी झैँ वृद्धवृद्धा सँगै छन् ।। ६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
0
Would love your thoughts, please comment.x
()
x