साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अधिकार

त्यही अधिकारकै कारण होइन राराताल फेवाताल बृद्ध बृद्धाका आँसुले भरिंदै गएको ?? अनि किन हाल्ने भोट ?? जानीजानी महामूर्ख प्रतियोगितामा सहभागी बन्नुछैन मलाई ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

ओए ! सुन्न । यसपटक चुनाव आउनैलाग्यो । तँ भोट कसलाई हाल्छस हँ ?

या छोड्दे यस्ता चुनाव सुनावका कुरा । कुन पटकको चुनावले हामिलाई के दे को छ र ?

दिन त कुनैले पनि देको छैन नि । बरू सकि र नसकी लाइन लागेर ती माग्ने थाङ्नेहरूलाई दिनुपर्‍या छ नि !!
म चुनावको भोटको कुरो गर्छु ऊ माग्नेको । किन कुरो बटारेको के तैंले ?

आफैं कुरो बुझ्दैन । आफ्नै दिमाग बटारिएको भन्न बरू । सडक पेटिमा दुई हात जोडेर दाँत ङिच्चपार्दै माग्ने र चुनावको बेलामा भोट माग्ने दुवै उस्तै हुँदारहेछन क्यारे — खानै नपाका । अनि सडकमा माग्नेले अर्काको दुखले कमाको पैसो मागेर बेलुका जाँडमा खर्च गर्छन भने चुनावका बेलामा भोट दिनेको भाग्यमा डँढेलो लगाउन । अनि भएनन त उस्तै । यस्तो पाराले म त भोट दिन्न हेर ।
अनि मतदान गर्न पाउने अधिकार त्यत्तिकै खेर फाल्छस त ?

हैन के को अधिकार ? कहाँको अधिकार ?? एउटा फोहोरको डुङ्गुरबाट सद्दे राम्रो माल छान भन्नू अधिकार हो ? पाँच मिनेट लगाएर मतपत्रमा हानेको छापको डसाइले पाँचवर्ष सम्म रन्थनिनु अधिकार हो ? बाँदरजस्तालाई लिस्नु र नाङ्गो हातलाई सिस्नु गराउने र देश लुट्नका लागि वैधानिकता खोजेका भन्ने जान्दाजान्दै तिनैलाई सघाउनु अधिकार हो ??? आफ्नो देश समाज सँस्कार उन्नति प्रगतिमा डँढेलो लगाउन चाहनेका लागि हामी भर्‍याङ बन्दिनु अधिकार ??? त्यही अधिकारकै कारण आज लाखौं युवा विदेशीको हलि गोठाला नोकर भान्से भकारे भएका होइनन् ? त्यही अधिकारकै कारण होइन राराताल फेवाताल बृद्ध बृद्धाका आँसुले भरिंदै गएको ?? अनि किन हाल्ने भोट ?? जानीजानी महामूर्ख प्रतियोगितामा सहभागी बन्नुछैन मलाई ।

०००
२०८२ माघ ३
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले त केही बुझिनँ

मैले त केही बुझिनँ

रामकृष्ण ढकाल
देश के हाे बुझिस् ?

देश के हाे बुझिस्...

रामकृष्ण ढकाल
स्याबास काग !?

स्याबास काग !?

रामकृष्ण ढकाल
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x