साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए मेरी प्यारी सिरक !

तिमी भित्र कहिले व्याकुल भएर मानिस रनभुल्ल तिमी भित्रै मनको बाँध फूटेर आँसु छताछुल्ल । जाडोभरि बस्नु मेरै भएर ऐ मेरी सिरक! ऐ मेरी सानू !! गर्मी लागेपछि म रोक्दिन जता चाहना छ उतै जानू।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

ए मेरी प्यारी सिरक !
सिंघडालाई प्यारो आलु
त्यस्तै जाडोमा छौ तिमी
मेरी अत्यन्त प्रिय मायालु।

म सुत्न त के ? बस्न सक्दिन
तिमी बिना अहिले एक पल
तिमी टाढिँदा मेरो मुटुमा
हुन थाल्छ छट्पट हलचल।

तिमी भित्र पस्दै लुटपुटिदैं
जीउले मनाउँछ उमंग उत्कर्ष
जाडो पनि रमाइलो हुन्छ
पाएर तिम्रो न्यानो स्पर्श।

चिसोमा तिमी नै त छौ
मेरो सबैभन्दा नजीक
तिम्रो साथ पाएर साँच्चै
हुन्छु म निश्चिन्त निर्भीक।

विभिन्न कालका प्रेमकथाको
छौ साक्षी तिमी सिरक
विरहीहरूको मनव्यथाको
साथी पनि तिमी नै ए सिरक।

मेरी प्यारी सिरक तिम्रा लागि
कोही छैन ठूलो, कोही छैन सानो
जसले गर्छ माया हालेर अँगालो
बिना भेदभाव उसैलाई दिन्छौ न्यानो

तिमी भित्र कहिले व्याकुल
भएर मानिस रनभुल्ल
तिमी भित्रै मनको बाँध
फूटेर आँसु छताछुल्ल ।

जाडोभरि बस्नु मेरै भएर
ऐ मेरी सिरक! ऐ मेरी सानू !!
गर्मी लागेपछि म रोक्दिन
जता चाहना छ उतै जानू।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x