साइबर अपराध सम्बन्धी सचेतना सामग्री

न्यायको भाटा

अन्त्यमा बाँकी रहेका 'जातीय दाजु' तिर फर्कँदै मालिकले भाटा उज्याए र गर्जिए- "धर्म सिकाउनुपर्ने ब्राह्मण नै अधर्मको मतियार हुने ? तेरो जनैले लाज मान्दैन ?"

Nepal Telecom ad

भीम पाैडेल घाँसे :

​”तपाईंहरूको अनुहारमा त साक्षात् देवताको तेज झल्किन्छ, यस्तो पवित्र आत्माले आँप टिप्नु त मेरो अहोभाग्य पो हो !”
​बगैँचाका मालिक ब्राह्मणले जब यो वाक्य फ्याँके, रुखमा चढेका तीन चोरका हात टक्क रोकिए । ती चोरहरूमध्ये एउटा ब्राह्मण, एउटा क्षत्री र एउटा अन्य जातको थियो । मालिकले मीठो विष छर्दै भने,

“यी ब्राह्मण त मेरा पूज्य हुन्, यिनको त जुठो खाए पनि प्रसाद हुन्छ । यी क्षत्री मेरा यजमानका छोरा, यिनको हक त मेरो सम्पत्तिमै छ ।”

त्यसपछि उनले तेस्रो व्यक्तितिर आँखा तरेर गर्जिए, “तर यो अन्य जातले मेरो बगैँचा कुल्चिने ?” मालिकको कुराले ब्राह्मण र क्षत्री चोरको अहङ्कार यसरी फुलियो कि उनीहरूले आफ्नै साथीलाई कुट्न सघाए । साथी भागेपछि मालिकले क्षत्रीलाई झम्टिए-

“मेरो पुर्खाको जमिनमा र्‍याल चुहाउने लोभी !” क्षत्री पनि कुटाई खाएर टाप कस्यो ।

अन्त्यमा बाँकी रहेका ‘जातीय दाजु’ तिर फर्कँदै मालिकले भाटा उज्याए र गर्जिए- “धर्म सिकाउनुपर्ने ब्राह्मण नै अधर्मको मतियार हुने ? तेरो जनैले लाज मान्दैन ?”

​बगैँचा अब सुनसान थियो । मालिकले रगतपच्छे भाटा पुछ्दै मुस्कुराएर भुइँमा झरेका आँप हेरे । तर, बगैँचाको भित्तामा कतै लेखिएको थियो- “बाँडिएका मुठीहरूले कहिल्यै ऐक्यवद्धताको पर्खाल ठड्याउन सक्दैनन् ।”

०००
कटारी, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कलम र प्रतिभा

कलम र प्रतिभा

भिम पौडेल ‘घाँसे’
बा नै सन्ततिका निमित्त शिर हुन्

बा नै सन्ततिका निमित्त...

भिम पौडेल ‘घाँसे’
कालाे छ बत्तीमुनि

कालाे छ बत्तीमुनि

भिम पौडेल ‘घाँसे’
वृद्ध आवाज

वृद्ध आवाज

भिम पौडेल ‘घाँसे’
बुढ्याैलीका कुरा

बुढ्याैलीका कुरा

भिम पौडेल ‘घाँसे’
जाग्राम

जाग्राम

भिम पौडेल ‘घाँसे’
बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

बानीले रानी हुन्छ, बानी...

नगिता लेप्चा राई
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
0
Would love your thoughts, please comment.x
()
x