साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चेतन कार्कीको पाँचौं स्मृति दिवस : सम्झना गरियाे कार्कीलाई

संस्थाको अध्यक्ष मिथिला शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख आमन्त्रित साहित्यकार एवम् मुक्तककार उषा शेरचन हुनुहुन्थ्याे ।

Nepal Telecom ad

काठमाडाैं । चेतन कार्की स्मृति समाजले वरिष्ठ सर्जक एवं चलचित्र निर्देशक चेतन कार्कीको पाँचौं स्मृति दिवस संस्थाको सचिवालय, जावलाखेल ललितपुरमा सम्पन्न गरियाे ।

संस्थाको अध्यक्ष मिथिला शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख आमन्त्रित साहित्यकार एवम् मुक्तककार उषा शेरचनले चेतन कार्कीले लेख्नुभएको नाटक आत्मा बेचेकोछैन को रिहलसल सानैमा लुकीलुकी हेरेको सम्झना गर्नु भयो। आफूले दाइ भन्ने गरेकोमा काका भन्नु पर्ने भनेर चेतन कार्कीले जिकिर गर्नु भएको कुरा साझा गर्नु भयो।

संस्थाको संरक्षक चेतन कार्कीको धर्मपत्नी श्रीमती गंगा कार्कीले चेतन कार्कीलाई विवाहपूर्व नै चिनेको र उहाँले आफूलाई देहरादूनमा विज्ञान पढाएको र पछि गुह्येश्वरीमा विवाह भएको संस्मरण गर्नु भयो।

गायक डा किरण प्रधानले चेतन कार्कीसँग फिल्मी गीत र प्रहरीको लागि गीत गाउँदा सहकार्यको संस्मरण गर्नु भयो।फिल्म मायाप्रीतिको चोखो कथाको गीत मान्छे चढ्यो जूनमा कहिल्यै मदिरा नपिउने किरणले मदिरा पिएको कलाकारले लागि गीत गाउँनु चुनौती थियो । पहिला दाइले विश्वास गर्नु भएन।मैले गीत गाए राम्रो भयो अनि भाइ भूइं नछोड्नु भनेको संस्मरण गर्नु भयो।

पूर्व प्रशासक एवं साहित्यकार खगराज बरालले आफू सानै हुँदा पढ्न लेख्न प्रेरित गरेको र प्रशासन सम्हाल्दा साहित्यमा रुचि भएको बेला मामा चेतन कार्कीसँग सल्लाह गरि पुस्तक प्रकाश गरेको र केही पुस्तकमा आशिर्वचन लिएको संस्मरण गर्नु भयो।

चेतन कार्कीका भान्जा इन्जिनियर रामबहादुर कार्कीले मामाले पढ्न प्रेरित गरेको र पोखरामा भेट भएको ती दिन संस्मरण गर्दै असाधारण व्यक्ति भएको र उहाँको जन्म गाउँ स्याङ्जा फेदीखोलामा उहाँको जीवनी पाठ्यसामग्रीमा समावेश गरिएको बताउनु भयो ।

गीतकार एवम् समाजको कार्यसमिति सदस्य सुबासचन्द्र ढुंगेलले पिताजी नामले सम्बोधन गरिने चेतन कार्की सँग पोखरा ,हेटौंडा र देहरादून गएको ती दिन संस्मरण गर्दै उहाँका प्रमुख विशेषता बुँदामा प्रस्तुत गर्नु भयो।

गायक दिवाकर खड्काले उतिबेलाको जावलाखेल र चेतन कार्कीको प्रसंगको संस्मरण गर्नु भयो। साहित्यकार भक्तबहादुर पण्डितले उहाँको छिमेकी भएकोमा गर्व गर्दै उहाँले धेरै माया सहित गाली नोकझोक पनि भएको संस्मरण गर्नु भयो।

चेतन कार्कीको कनिष्ठपुत्र पंकज कार्की आफ्ना बुबा चेतन कार्कीलाई बुबा कै रूपमा देखेको भनाइ राखेर बुबालाई सम्झिएर लेखिएको कविता वाचन गर्नु भयो।

समाजका कार्यसमिति सदस्य ,साहित्यकार एवम् साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेखालीले आफूले चेतन कार्कीलाई चेतन चाचा भन्ने गरेको मुक्तकका मानक तयार गर्न सल्लाह लिएको र दिल्ली हुँदै देहरादून पुगेको साहित्यिक टोलिलाई गोर्खाली सुधार सभामा सभा सहित चेतन चाचाले सम्मान गर्नु भएको भुल्न नसकिने बताउनु हुँदै चेतन कार्कीको प्रसिद्ध मुक्तक रुप होस् अभिमान नहोस् सम्भव नै छैन ,,,वाचन गर्नु भएको थियो ।

संस्थाको अध्यक्ष कलाकार मिथिला शर्माले सानैदेखि कला कर्ममा डोर्याउने चेतन कार्की आफ्नो गुरु भएको बताउनु भयो।गुरुको सम्मानमा पुरस्कार स्थापना गरेको र चेतन कार्कीलाई चेतन कार्की बनाउन प्रमुख भूमिका निर्वाह गर्ने छाया शक्ति भाउजू गंगा कार्कीको सम्मान गरिएको बताउनु भयो।

साहित्य दिव्य गिरीले १५ वर्ष अगाडि मुक्तकको भूमिका लेख्न आउँदा परिचय भएको र त्यतिबेला देखि अत्यन्तै नजिक रहेर काम गरिएको कुरा संस्मरण गर्नु भयो। गायिका गीता पाण्डे र गायिका रितु कँडेलले चेतन कार्कीद्वारा रचित कालजयी गीत बिनाबाजा गाएका थिए।

समाजका महासचिव मुरारि सिग्देलले चेतन कार्कीकोसँग बिताएका ती दिनहरू सम्झदै उहाँको समय प्रति सचेत, अनुशासन, आत्मा नबेच्ने निष्ठा भएको सर्जकको निधन असामयिक भएको बताउँदै कार्यक्रम संचालन गरेका थिए ।

०००
मुरारि सिग्देलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x