साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुत्ताभित्रका जेन–जी सपना

कयौले अङ्गभङ्ग भएका आफना छोराछोरी पाउनुभयो खेद छ नालायक सरकारप्रति तर वर्षौदखि टनटनी दुखेको देश पिलो भएर पाकेपछि एकदिन फुट्नै पर्थ्याे ।

Nepal Telecom ad

नम्रता गुरागाईं :

जुत्ताभित्र खुट्टा थियो
खुट्टाभित्र सपनमा थियो
लामो गन्तब्य तय गर्ने
देशमा सुशासन ल्याउने
र निस्किएको थियो एकाबिहानै घरबाट ।

तिनै सपनामा उनिएका थिए घरका सपना
छोराछोरी ठुला बनाउने,
पढाउँदा बढाउँदा लागेको ऋणको
साउँब्याजै चुक्ता गर्ने,
अनि थियो
छोराछोरीले गरिखाएको हेर्ने रहर
तर तिनै जुत्ताभित्रका खुट्टा फेरी नउठ्ने गरी लडे
रगतले लतपतिएको जु्त्ता मात्र खोजिरहेछ
अघिसम्म भित्र बसिरहेको खुट्टाहरू
अहिले कहाँ पुगे होलान् ?

आज ति रहरहरू खण्डहर भएका छन्
महाशय !
ठान्यौ होला मैले दबाए यिनका रहरहरू
र गज्र्यौ जँगलको बाघझै एकपटक
डुक्रियो छाडा साँडेझैँ अर्कोपटक
तिम्रो गर्जन सहानुभूती भएर आएन भीँडमा
आयो त बलेको आगोमा घ्यू थपिए झैँ गरेर
प्रशव पिडाले छटपटाएको समयले
एकै निमेशमा नयाँ दिनको जन्म दियो

प्रिय आमाहरू !
तपाईंहरूको दुखाइले
मपनि उत्तिकै मर्माहित भएकी छु
तपाइर्एहरूले जेन–जी नामका
आफना सन्तानहरू गुमाउनुभयो
कयौले अङ्गभङ्ग भएका आफना छोराछोरी पाउनुभयो
खेद छ नालायक सरकारप्रति
तर वर्षौदखि टनटनी दुखेको देश
पिलो भएर पाकेपछि एकदिन फुट्नै पर्थ्याे
तपाईंहरूका नानीहरूकै कारण
त्यो पिलो फुट्यो र निचोरियो
र रक्तपिपासुहरूको अपराध पीप बनेर निस्कियो बाहिर
अहिले देश अलिकति बिसेक भएको छ
तपाईंका सन्तानहरूको घाउ र यो देशको घाउ
निको पार्न अब एउटी आमाको उदय भएको छ
म यति भन्छु
उनी सबैकि आमा हुन सकुन
यी जुत्ताहरूले फेरी आफ्ना खुट्टाहरू भेटुन् ।

०००
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
परिवर्तन

परिवर्तन

नम्रता गुरागाइँ
हिजो-आज

हिजो-आज

नम्रता गुरागाइँ
को को तानिन्छ यहाँ ?

को को तानिन्छ यहाँ...

नम्रता गुरागाइँ
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x