साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिवर्तन

कुशासन मेटेर मनका भित्तामा अलिकति सुशासन लेखिनु पर्नेछ कहाली लाग्दो अँध्यारो फाटेर अलिकति उज्यालो देखिनु परेको छ।

Nepal Telecom ad

नम्रता गुरागाईं :

घर चलाउने आमाहरूले
देश चलाउन सक्दारहेछन्
लच्छिनको घर बनाउन सक्तारहेछन्
त्यही घरको बारी र कौशीमा
फेरी सुनाखरी र बाबरी फुलाउन सक्दारहेछन्
अब रिस साँधेर नबस साने र ठूलेहरू
भाँडामात्र माझेर नबस साहिँली र माहिलीहरू
उठ सीता र सावित्रीहरू
अन्तरे र जन्तरेहरू कपास ल्याएर देउ
कोक्रा हल्लाउदै धागो कातेर
आफैं लुगा बुन्न सक्छन् आमाहरु ।

बुध्दि र विवेकमा कसैले नाकाबन्दी गर्न सक्दैन
बरु घरलाइ जोगाउन सबैतिरबाट घेराबन्दी गरौं
उठ !
मधेशमा फेरी सुन फलाउँनु पर्छ
पहाडमा फेरी ऊन फलाउँनु पर्छ
उराठ लाग्दा पाखा फेरी हराभरा बनाउन
माटोमा औंलाहरू चलाउनु पर्छ
साना नानीहरूहरूलाई असल बानीहरू सिकाउनु पर्नेछ
ठूला नानीहरूलाई देशका खानीहरू चिनाउनु पर्नेछ
शीपमूलक रोजगारीको विकास गर्नु पर्नेछ
खिया परेको कल कारखाना चलाउन
भुत्ते दिमागहरूमा धार लगाउन पर्नेछ
कुशासन मेटेर मनका भित्तामा
अलिकति सुशासन लेखिनु पर्नेछ
कहाली लाग्दो अँध्यारो फाटेर
अलिकति उज्यालो देखिनु परेको छ।
उठ !
अब साँच्चै परिवर्तन चाहिएको छ ।

०००
हाल – अमेरिका

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
शरद
शरद
4 months ago

“अन्तरे र जन्तरेहरू कपास ल्याएर देउ
कोक्रा हल्लाउदै धागो कातेर
आफैं लुगा बुन्न सक्छन् आमाहरु ।“
साधुवाद!

Nepal Telecom ad
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
हिजो-आज

हिजो-आज

नम्रता गुरागाइँ
को को तानिन्छ यहाँ ?

को को तानिन्छ यहाँ...

नम्रता गुरागाइँ
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
सुशासनको चुरिफुरी

सुशासनको चुरिफुरी

देविका तिमिल्सिना
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
म हुँ बाँदर

म हुँ बाँदर

युगल बसेल
कोशी नदीमा किन हाम फाले ?

कोशी नदीमा किन हाम...

आत्माराम न्यौपाने
1
0
Would love your thoughts, please comment.x
()
x