फित्काैली डटकमइतिहासकार चेम्जोङको कृति ‘नेपालको इतिहासमा उदयपुर’ विमोचन
मेयर बसन्त बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कुमार कोइराला, राममणि पोखरेल, महेश्वरी राईले मन्तव्य दिनु भएको थियो ।

उदयपुर । वरिष्ठ पत्रकार तथा इतिहासकार कौशल चेम्जोङद्वारा लिखित ‘नेपालको इतिहासमा उदयपुर (वि.स. १९००–२००७ सम्म)’ कृतिको त्रियुगा नगरपालिका उदयपुरको सभा हलमा विमोचन गरिएको छ ।
नगर प्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईको हातबाट विमोचित कृतिको विषयमा शारदाप्रसाद भट्टराई, रविन्द्रराजा शाही, विमल कार्की, डा. कैलाशकुमार राईले समीक्षा गर्नुमारको थियो । मेयर बसन्त बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कुमार कोइराला, राममणि पोखरेल, महेश्वरी राईले मन्तव्य दिनु भएको थियो ।
उक्त कार्यक्रमको सञ्चालन सामाजिक शाखा प्रमुख राजकुमार खडकाले गर्नुभएको थियो । उदयपुर जिल्लाका ऐतिहासिक घटनाको उत्खनन र इतिहास लेखनमा सक्रिय चेम्जोङको यो कृति उहाँको पाचाैँ कृति हो ।
यस अघि उहाँका आख्यानात्मक कृतिहरु भूत ( लघुकथा सङ्ग्रह– २०४८), जीवनका रङहरु (२०७०) प्रकाशित छन् भने उदयपुरको पर्यटन विकास र सम्भावना र चुनौती (२०६१), उदयपुरको इतिहास (प्रागैतिहासिक कालदेखि वि.स. १९०० सालसम्म (२०७७), उदयपुरको साहित्य (२०८०) र नेपालको इतिहासमा उदयपुर (वि.सं. १९०० देखि वि.सं.२००७ सम्म) रहेका छन् ।
०००
पुन्य कार्कीको सौजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































