साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्याङ्जामा अन्तरक्रिया तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न

कार्यक्रम अध्यक्ष अनन्त अर्यालको अध्यक्ष्यतामा तथा प्रा.डा. यदुनन्दन उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियाे ।

Nepal Telecom ad

स्याङ्जा । प्रगतिशील लेखक सङ्घ स्याङ्जाद्वारा आयोजित “कार्यपत्र प्रस्तुति, अन्तरक्रिया तथा सिर्जना वाचन” कार्यक्रम वालिङ् बहुमुखी क्याम्पस, वालिङ्, स्याङ्जाको सभाहलमा सम्पन्न भयो ।

प्रगतिशील लेखक सङ्घ स्याङ्जाका अध्यक्ष अनन्त अर्यालको अध्यक्ष्यतामा तथा प्रा.डा. यदुनन्दन उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि एवं कार्यपत्र प्रस्तुतकर्ता प्रा.डा. यदुनन्दन उपाध्यायले, “नेपाली प्रगतिशील साहित्य लेखन” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । सोही कार्यपत्रमाथि विशिष्ट अतिथि एवं प्रलेस पूर्वअध्यक्ष गण्डकीका प्रा. यादवराज उपाध्यायले टिप्पणी गर्नुभयो ।

यसैगरी, “स्याङ्जा जिल्लामा प्रगतिवादी साहित्यको उद्भव र विकास” विषयमाथि विशिष्ट अतिथि एवं माक्र्सवादी चिन्तक वरिष्ठ साहित्यकार त्रिलोचन ढकालले कार्यपत्र प्रस्तुत गर्नुभयो । उक्त कार्यपत्रमाथि विशिष्ट अतिथि एवं प्रलेस गण्डकीका सचिवालय सदस्य बाबुराम सुवेदीले टिप्पणी राख्नुभयो । प्रस्तुत कार्यपत्रमाथि उठेका जिज्ञासा र प्रश्नमाथि कार्यपत्र प्रस्तुतकर्ताद्वयले थप स्पष्ट पार्नुभयो ।

प्रस्तुत कार्यक्रममा विशिष्ट अतिथि एवं पुष्पलाल अध्ययन प्रतिष्ठान स्याङ्जाका अध्यक्ष चक्रबहादुर पराजुली, विशिष्ट अतिथि, नेपाली लेखक संघका केन्द्रीय सचिव एवं सशक्त युवा स्रष्टा मिलन समीर र स्रष्टा ध्रुव प्रसाद शर्मा पंगेनी, जेष्ठ कम्युनिस्ट सदस्य सुर्यप्रसाद खनाल र सुर्यबहादुर पौडेलले आफ्नो धारणा राख्नुभएको थियोे ।

कार्यपत्रको प्रस्तुति सहित सिर्जना वाचनसमेत निर्दिष्ट गरिएको कार्यक्रममा स्रष्टाहरू लिलाम्बर ढुङ्गाना, सुलव खनाल, दमकला बगाले, भविश्वर पङ्गेनी, सनत कुमार गैह्रे, चण्डिकाप्रसाद भट्टराई, हिमालयजङ्ग बानियाँ, श्रीराम ढकाल, वसन्त खनाल, कमल बगाले, ढाल बहादुर केसी, द्रोणराज काफ्ले, लगायतले आफ्नो उत्कृष्ट सिर्जना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा सिर्जनशील व्यक्तित्व मातृका अर्याल, मधुसूदन आचार्य, शोभाकान्त पौडेल, यमकान्त खनाल, गोपाल जिटी, सरिता अर्याल, दिपक पोख्रेल, सन्तोष तिमिल्सिना, खुमकुमारी उपाध्याय, सुष्मा भण्डारी श्रेष्ठ, लालबहादुर थापा लगायतको उपस्थित रहेको थियो ।

प्रगतिशील लेखक सङ्घ स्याङ्जाका उपाध्यक्ष समेत रहनुभएका युवा स्रष्टा शम्भु अर्यालको स्वागत मन्तव्य सँगै सुरू भएको कार्यक्रमको सहजीकरण प्रलेस स्याङ्जाका सदस्य श्यामप्रसाद ढुङ्गानाले गर्नुभएको थियो ।

०००
श्याम ढुङ्गानाकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x