फित्काैली डटकमचक्रपाणि स्मारक प्रतिष्ठानमा विशेष कविता वाचन– सम्पन्न
प्रतिष्ठानका अध्यक्ष श्री राममणि ढुङ्गेलको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि एवम् महाकवि चन्द्रप्रसाद न्यौपानले वाचित कवितामाथि समीक्षात्मक टिप्पणी गरेका थिए ।

भक्तपुर, २०८२ पुस २६ । चक्रपाणि स्मारक प्रतिष्ठानले विशेष कविता वाचन– २०८२ सम्पन्न गरेको छ । प्रतिष्ठानले नियमिति रूपमा गर्दै आएको सो कार्यक्रममा ३५ कविहरूले आफ्ना मौलिक कविता वाचन गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष श्री राममणि ढुङ्गेलको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि एवम् महाकवि चन्द्रप्रसाद न्यौपानले वाचित कवितामाथि समीक्षात्मक टिप्पणी गरेका थिए ।
सोही संस्थाका उपाध्यक्ष अभय श्रेष्ठले कविता वाचनको क्रम शुरु गरेका थिए । त्यसपछि कविहरू जितेन्द्र रसिक, सीता तुम्खेवा, विश्व सिग्देल, वीणा नेमकुल, दिनेश पाण्डे, विकास शैलपुत्र, जुनू घिमिरे र तीर्थराज भट्टले पहिलो चरणमा कविता वाचन गरेका थिए ।
त्यस्तै दोस्रो चरणमा कविहरू पदम दाहाल, अनन्त श्रेष्ठ, चन्द्रलाल भोमी, दीप्स शाह, सञ्जय सोती, संस्थाका सदस्य डिल्लीप्रसाद मुलतिहुन, गोविन्दराज मैनाली र रमी प्रियाले आफ्ना मौलिक कविता वाचन गरेका थिए ।
कविहरू मुरारी सिग्देल, रामशरण न्यौपाने, संस्थाका सदस्य नगेन्द्रप्रसाद पौड्याल, तुमला ढुङ्गाना, प्रगति राई, प्राज्ञ नन्दु उप्रेती, सावित्री अधिकारी, समिश्रण धरा, धरणीधर गुरागाईं, वसन्त नकर्मी र एलिशा ढुङ्गानाले अन्तिम चरणमा कविता वाचन गरेका थिए ।
कार्यक्रमका बारेमा छोटो परिचय दिँदै कार्यक्रम सञ्चालक एवम् प्रतिष्ठानका सदस्य सचिव रामगोपाल आशुतोषले विविध विचार, समय, चेतना र पृष्ठभूमिका कविलाई एक मञ्चमा राखी नेपाली कविताको विकास गर्न सो कायक्रमको उद्देश्य रहेको बताए ।
उनले भने, “चक्रपाणि स्मारक प्रतिष्ठान नेपाली वाङ्मयको विकास, वृद्धि र विस्तृतिका लागि वर्तमान कार्यसमित एकजुट मजवुत भएर लागेको छ ।” उनले साहित्य वाचन मात्र होइन, नेपाली वाङ्मयको श्रीवृद्धि गर्न आफ्नो तन, मन, लगन र जीवन अर्पण गर्ने सिर्जनशील, योग्य र तपस्वी साहित्यकारलाई उहाँहरूको त्यागको उच्च मूल्याङ्कन गर्दै वार्षिकरूपमा पुरस्कृत गर्दै आएको छ ।
सोही कार्यक्रममा आशुतोषले मस्कुलर डिस्ट्रोफी रोगले पीडित अढाइ वर्षका बालक लियम थापाको उपचारार्थ रु. १९ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरे । साथै कवि अभय श्रेष्ठ र प्रगति राईले पनि उनको पूर्ण स्वास्थ्यलाभको कामना गर्दै आर्थिक सहयोग गरे ।
भक्तपुर नगरपालिकाको सिर्जना नगरस्थित मोडर्न बोर्डिङ स्कुल÷कलेजमा आजोजित सो कार्यक्रममा सभाध्यक्ष राममणि ढुङ्गेलले उपस्थित सम्पूर्ण कवि, प्रमुख अतिथि एवम् सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण कविप्रति कृतज्ञता व्यक्त गरे ।
०००
रामगोपाल आशुतोषकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest





































