साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झरना साहित्यिक परिवारको ३२२ औँ शृङ्खला सम्पन्न

झरना साहित्यिक परिवार मकवानपुरले पुस महिनाको नियमित मासिक कार्यक्रम मकवानपुरको ऐतिहासिक स्थल ढुङ्गेगढीमा “बदामसँग कविता” कार्यक्रम सम्पन्न गरेको छ ।

Nepal Telecom ad

मकवानपुर, २०८२ पुस २७ । झरना साहित्यिक परिवार मकवानपुरले पुस महिनाको नियमित मासिक कार्यक्रम मकवानपुरको ऐतिहासिक स्थल ढुङ्गेगढीमा “बदामसँग कविता” कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा परिवारकी अध्यक्ष गायत्री रुपाखेतीको सभाध्यक्षता र महाकाव्यकार मुना अर्यालको प्रमुख आतिथ्य रहेको थियो ।

उक्त कार्यक्रममा रमेशमोहन अधिकारी, घनश्याम घिमिरे, जनार्दन खनाल, सुवास खनाल, राजकुमार लामिछाने, डिबी वर्तौला, भावना सापकोटा, किसन पौडेल, राजुराम राउत, ओमभक्त भण्डारी, सानु खनाल, सरिता दहाल, लक्ष्मी कँडेल, रजनी पौडेल, अनु रोक्का, मधुकुमार ढुङ्गाना, नवराज न्यौपानेलगायत साहित्यकारहरूले रचना वाचन गरेका थिए ।

हेटौडादेखि २० किमि पूर्वपट्टि भएको यस कार्यक्रममा ढुङ्गेगढीको प्राकृतिक छटामा रमाउन र बदाम अनि सुन्तलाका साथै साहित्यिक रसपान गर्न मकवानपुरका विभिन्न साहित्यिक संस्थाहरूका प्रमुख, पदाधिकारी तथा स्वतन्त्र साहित्यकारसहित ४० जनाभन्दा बढी सहभागी रहेका थिए ।

कार्यक्रममा कोषाध्यक्ष अजर फुयाँल तथा सागर तिमल्सिनाको सुमधुर गायनले सहभागीहरूलाई मुग्ध बनाएको थियो ।

समीर पाख्रिन, सुवास सजल, कृष्ण घतानी तथा तुलसी ढकालको समेत उपस्थिति रहेको सो कार्यक्रममा स्वागत मन्तव्य सचिव नीलहरि ढुङ्गेल र सहजीकरण सदस्य स्वस्तिका दहालले गरेका थिए ।

०००
नीलहरि ढुङ्गेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x