
बकम्फुसे भाँती लाए
नीति हेर थिति कस्तो बुझी सक्नु छैन अझै खान्थे साथी पाए, स्वर्ग मेरो देश

निलहरि काफ्ले :
राजा आए रानी आए, स्वर्ग मेरो देश
नेता आए तानी खाए, स्वर्ग मेरो देश
खाने मात्र दाऊ लिई, सोच बोकी मैलो
हजुरबुवा नाति धाए, स्वर्ग मेरो देश
संविधान बदलेर, के के गर्दा हुन्छ
बकम्फुसे भाँती लाए, स्वर्ग मेरो देश
नीति हेर थिति कस्तो बुझी सक्नु छैन
अझै खान्थे साथी पाए, स्वर्ग मेरो देश
जय भुँडी घ्याम्पे भुँडी, हाँडी घोप्टे भुँडी
लस्कर अझै ताँती छाए, स्वर्ग मेरो देश ।
०००
सिन्धुली ।