फित्काैली डटकममहाकवि देवकोटालाई सम्झँदै लेखनाथ पुस्तकालयमा सुकवारे भेला
प्राध्यापक डाक्टर गंगाप्रसाद अधिकारीको प्रमुख आतिथ्य, साहित्यकार तथा सहप्राध्यापकद्वय होम सुवेदी तथा चूडामणि वाशिष्ठ एवम् नेपाल वायु सेवा निगमका पूर्व महानिर्देशक मदन खरेलको विशेष आतिथ्यमा सम्पन्न ।

झापा, ०८० कार्तिक २४ । लेखनाथ पुस्तकालय भद्रपुर-१०, चन्द्रगढीको नियमित कार्यक्रम सुकवारे भेला पुस्तकालयको सभाहलमा सम्पन्न भएको छ।
प्रत्येक महिनाको अन्तिम सुकवार गरिने साहित्यिक कार्यक्रम ‘सुकवारे भेला’ को नामबाट गरिँदै आएको छ। यसपटक कार्तिक महिनाको अन्तिम सुकवार आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ अेाेँ जन्मजयन्तीको सन्दर्भ जोडेर यसपटकको सुकवारे भेला गरिएको हो।
प्राध्यापक डाक्टर गंगाप्रसाद अधिकारीको प्रमुख आतिथ्य, साहित्यकार तथा सहप्राध्यापकद्वय होम सुवेदी तथा चूडामणि वाशिष्ठ एवम् नेपाल वायु सेवा निगमका पूर्व महानिर्देशक मदन खरेलको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. गंगाप्रसाद अधिकारी, विशेष अतिथिहरू होम सुवेदी, चूडामणि वशिष्ट र मदन खरेलले शुभकामना मन्तव्य सहित महाकवि देवकोटाका कविताका केही अंश वाचन गर्नु भएको थियो।
कार्यक्रममा देवीचरण भण्डारी, विरही अधिकारी, तीर्थ चापागाईं, निर्मला बास्तोला दंगाल, यज्ञलक्ष्मी चौँलागाईं, उमाकान्त पोखरेल, महेन्द्र भट्टराई दुरगामी, गोविनणद कोईराला र खगेश्वर कोईरालाले आ- आफ्ना सिर्जना वाचन गर्नुभएको थियो। सोही कार्यक्रममा लेखक तथा संकलक खेमराज दाहालद्वारा तयार गरिएको झापा दर्पण नामक पुस्तक पुस्तकालयका सभापति नेउपानेलाई हस्तान्तरण गर्नुभएको थियो। 
पुस्तकालयका सभापति हरिप्रसाद नेउपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सचिव हरिकिशोर आचार्यले र सञ्चालन सदस्य खगिन्द्रा खुसीले गर्नुभएको थियो। पुस्तकालयको परम्परा अनुसार पानसमा दीपप्रज्वलन, शंखघण्टध्वनी साथै स्वस्ति वाचन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो। स्वस्ति वाचनमा श्री कृष्ण द्वैपायन गुरुकूल वेदविद्याश्रमका विद्यार्थीहरू किस्मत भट्टराई, भानुभक्त खनाल र सन्देश दवाडी रहनु भएको थियो।
कार्यक्रममा नवराज घिमिरे, कृष्ण सुवेदी ‘निराकार’,अनिरुद्र सिटौला, गीताकुमारी भण्डारी, टोपलाल ज्ञवाली, राजेन्द्र कश्यप अधिकारी लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
०००
– देवीचरण भण्डारीद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































