
सप्तरीमा बुढ्यौली साहित्य समाज गठन
समाजको अध्यक्षमा तीर्थराज पोखरेल, उपाध्यक्ष्यमा मीना साह (एन्जल निलु), सचिवमा मनोहर पोखरेल, कोषाध्यक्षमा दुर्गा दाहाल र सदस्यहरूमा शिवा निरौला अधिकारी, रामकुमार चौधरी र मेघराज पौड्याल रहेका छन् ।

लक्ष्मी जयन्तीको अवसरमा कञ्चनरुप नगरपालिकामा भएको साहित्यकारहरुको भेलाले बुढ्यौली साहित्य समाज, सप्तरी शाखाको गठन गरेको छ ।
समाजको अध्यक्षमा तीर्थराज पोखरेल, उपाध्यक्ष्यमा मीना साह (एन्जल निलु), सचिवमा मनोहर पोखरेल, कोषाध्यक्षमा दुर्गा दाहाल र सदस्यहरूमा शिवा निरौला अधिकारी, रामकुमार चौधरी र मेघराज पौड्याल रहेका छन् ।
साहित्यका माध्यमबाट जेष्ठ नागरिकका अनुभव र अनुभूति नयाँ पुस्तामा हस्तान्तरण गर्न बुढ्यौली साहित्यमार्फत सकिने कुरा बक्ताहरूले बताए । बुढापाकाले मात्रै लेख्ने साहित्य बुढ्यौली साहित्य नभएर हरेक उमेर समूहकाले जेष्ठ नागरिकलाई केन्द्रबिन्दुमा राखी सिर्जना गरिएको साहित्य बुढ्यौली साहित्य हुने कुरा समाजका सदस्य मेघराज पौड्यालले बताए ।
उक्त अवसरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्विरमा माल्यार्पण गरिनुका साथै विविध रचना समेत वाचन गरिएको थियो । कार्यक्रममा दुई दर्जन साहित्यकारको उपस्थिति थियो ।
समाजको जिउँदो इतिहास भनेकै वृद्धावृद्ध हुन् । जीवन भोगाइको आरोह अवरोहसँगै उनीहरु ज्ञान, सीप, कला, अनुभव, बोध, शैली, अभिव्यक्तिले परिपूर्ण पनि छन् । समाजमा विद्यमान अन्य वर्ग झै वृद्धत्व परिलक्षित वाङ्मय (साहित्य, कला,संगीत, संस्कृति) को अनुपस्थित आभास भइरहेको अवस्थामा यस क्षेत्रमा वाञ्छित कार्य सम्पादनार्थ यस संस्थाको स्थापना गरिएको हो ।
०००
– नन्दलाल आचार्यबाट