लीला उदासीसाँढेहरू
साँढेहरू डुक्रन्छन् साँढेहरू हान्छन् नियमको कुरा गर्ने मूर्खहरू ! साँढेहरूका छेउमा नजाऊ । उनको नियम हान्नु हो । जथाभावी गर्नु हो । निर्धाहरूको आतङ्क बनेर साँढेहरू खेतभरि छन् साँढेहरू- बाली चर्दैछन् साँढेहरू- बारीभरि छन् ।
लीला ‘उदासी’ :
डामेर छाडेका एक हुल साँढेहरू 
बाली चर्दैछन् पसिना र रगतको
बालीले साँढेहरू पेट भर्दैछन् ।
आफ्नो पनि आफ्नो छोराको पनि र,
छोराका छोराको पनि
पेट भर्न भण्डार गर्दैछन् ।
साँढेहरू डुक्रन्छन् साँढेहरू हान्छन्
नियमको कुरा गर्ने मूर्खहरू !
साँढेहरूका छेउमा नजाऊ ।
उनको नियम हान्नु हो ।
जथाभावी गर्नु हो ।
अहिले बालीभन्दा-
साँढे, लह-लह भएका छन् ।
डामेर छाडेका साँढे तह-तह भएका छन् ।
निर्धाहरूको आतङ्क बनेर साँढेहरू खेतभरि छन्
साँढेहरू- बाली चर्दैछन्
साँढेहरू- बारीभरि छन् ।
०००
झापा
‘यसपल्ट पनि बाली लागेन’ कवितासङ्ग्रह (२०५७)
Subscribe
Login
0 Comments
Oldest







































