सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चियापान कि सत्तापान ?

सत्तामा बसेर कमिसन खाएर त जान नसकेको जनसेवामा एक कप चिया खाएर जान सकिन्छ ? चिया खाएको आधारमा सब विवादै खत्तम ? राजनीति भनेको चियाको कपमा आएको तूफान त होइन नि ।

Nepal Telecom ad

भाउपन्थी :

नेताजी चियापानबाट फर्कन लाग्दा मैले सोधे, ‘आजको मेलमिलापको चिए कस्तो लाग्यो त नेताजीलाई ?’ नेताजीले मलाई घोइरिएर एक छिन हेन्ऱ्या हेर्यै गरे। निकै बेरपछि नेताजीले जवाफमा भने, ‘मेलमिलाप र मित्रताका लागि तयार गरिएको चिया मीठाे हुन्छ तर कुरो छ राजनीतिमा कोही पनि स्थायी मित्र र शत्रु हुँदैन। राजनीतिक मित्रता पनि जति चिनी हाल्न सक्यो उति गुलियो हुने हो भनेझैं राजनीतिक लाभ जति धेरै भयो उति धेरै स्थायी हुने हो ।’

यति भनेपछि नेताजीले नजानिदो किसिमले एउटा आँखा झिम्काए र भने, ‘चिया खाँदासम्म हामी मेलमिलाप र मित्रताका कुरा, राष्ट्रिय समस्याबारे दलीय समान दृष्टिकोणको विकासका कुरा गर्छौं तर चिया खाँदासम्म, चियाको कप हातमा समात्दासम्म । त्यस्तो वेलामा पनि सत्तामा जान पाए चियाको स्वाद कर बढ्ने थियो भन्ने मनमनै लागिरहन्छ । अनि यो चियापानभन्दा आजभोलि त सत्ताको साझेदारीले नचिताउँदो गरी मेलमिलाप बढाएको छ । चियामन्दा सत्ता नै बढी मीठे हुन्छ भन्ने कुरोलाई तपाईं पनि अस्वीकार गर्नुहुन्न होला ?” नेताजीको प्रतिप्रश्न थियो यो। जवाफमा मैले भन्न सकिनं, ए त्यसो भए चियाको कप हातबाट तल राख्नासाथ पुनः सत्ताको लागि घमासान शुरू ?”

मुलुकको राजनीतिमा वर्षदिनैपछि मेलमिलापका लागि एक-दोटा चियापान हुने गरेका छन् । जनताहरूले कमरेड-नेताहरू र अकमरेड-नेताहरू मेलमिलापका लागि गरिरहेका चियापानमा रुचि लिने गर्छन् । त्यसमा सहभागी हुनेहरू एक कप कांग्रेसी व कम्युनिष्ट चिया खाएर प्रफुल्ल र मुदित हुने गर्छन् । कमरेड, अकमरेड-नेताहरूका अगाडि पछाडि सत्ताका चारणहरू हातमा चियाको कप समातेर देखा परिरहेका हुन्छन्, यस्ताे सङ्केत गर्दै हेर्नोस् म पनि तपाईहरूको चियापानमा सहभागी भएको छ भोलि कुनै कामर लागि सिफारिस गराउनुपन्यो, लाइसेन्स लिनुपयो भने म पनि चियापानमा तपाई थिएँ भन्न सक्छु। म यत्तिका लागि मात्र चिया खान आएको हुँ। मेलमिलापमा मेरो इच्छै छैन र चियाले मलाई ठीक पनि गर्दैन, स्कच, ह्विस्की चल्छ, तर चिया ? ग्याष्टिक व त्यसैले ।’

चियापानमा सामेल हुन नपाएका यताका गरीबी रेखामुनि पर्नेहरू समेत चियार समारोह आयोजित स्थलको परिसरलाई छेक्ने पर्खालबाट कमरेड, अकमरेड नेताहरू स्वागतमा अँगालो मार्दै, हात हातमा चियाको कप लिएर नानाभाँतिका कुरामा गफिदै गरेको क्रियाकलाप अनधिकृत रूपमा हेर्न खुट्टाको पञ्जामा टेकेर गर्धन तन्काउँदै दुखाएर भए पनि चियाउने गर्छन् ।

चियाभन्दा पेटमा हाल्ने खोले जाउलोका लागि दिन र रातलाई एक गराउनेहरू गुलुकका नेताहरू चिया खाएर मेलमिलाप गर्दै छन् भन्ने खबर सुनेर मख्ख पर्छन्। भाइ, हामीले प्रशस्त सफा पानी पनि खान पाउँदैनौं त के भयो ? नेताहरू चिया समारोह गर्दै मुलुकको विकास र हाम्रो गाँस, बास र कपासको लागि सोचिविज्ञा त होलान् । नत्र नेताहरूले त वर्षभरि मेलमिलापका आधारहरू तहस-नहस गर्दै लागि कार्यकर्ता लडाउँदै समय विताएका हुन्छन् ।

नेताहरूका लागि चियापान एक खाले बीचको युद्धविरामको समय हो। चियामा एक चम्चा धन्यवाद व्यक्त गर्नु र तिनबाट जनतालाई हामीहरूबीच शत्रुता छैन भने फैलाउने काम गर्नु अचेलका त्यस्ता चियापानको उद्देश्य हुन पुगेको छ । उनीहरू समारोहमा एकापसका चियाको प्रकारलाई ठम्याउँछन्, चिनीको मात्रा चाखान र मित्रताका पक्षमा बयानहरू दिन्छन् । भन्छन्-‘हामीबीच विद्यमान शत्रुताहरू र मतनभेदहरू यस्ता चियापान समारोहका दिन स्थगित गरिएका हुन्छन् । खासमा हामी त्यस दिन कुनै प्रकारले एकाकामाथि दोषारोप गर्दैनौं । हामीलाई आ-आफ्ना कमजोरीहरू चाहा नै छन् र हामीबीच कस्ता मतभेद र शत्रुता छन् भन्ने हामीले नजानेको पनि होइन । तर वर्षभरि शत्रुता गरेर यो चियापान समारोहका दिन हामी मित्रता र एकताका घोषणाहरू फलाकेर चाहेमा हामी असल मित्र हुन सक्छौं भन्ने जनतालाई देखाउन यसो गछौ ।’ फेरि अर्को कुरो पनि थप्छन्- ‘हामी मेलमिलापको राष्ट्रिय सस्कृति निर्माण गर्न लागेका छौं।

अर्थात् अरू बेला झगडा र चियापान समारोहका समयमा मेलमिलाप किन गर्छौं त भनेर सोधिएमा त्यसको जवाफ पनि राजनीतिक रूपमा यसअघि सधै भन्दै आइएका शब्दावलीमा दिने गरिन्छ । उनीहरू भन्न सक्छन्- ‘यस बेला मुलुकको राजनीतिमा राष्ट्रिय एकताको आवश्यकता पहिलेभन्दा बढी अनुभव गरिएको छ। अर्को थप भनाइ यस्तो पनि जनताका अगाडि सार्न सक्छन्-‘मुलुकका सबै राजनीतिक दलहरूमा सहिष्णुता र सौहार्दको संस्कृतिको विकास गर्न यस्ता चियापान समारोहहरू सहायक हुन्छन् । तर यस्ता बक्तव्यहरू आएपछि जनता सशष्ठित हुने गर्छन्- लौ सुन नेताहरूको मेलमिलापको चर्को बयान। अब के हुने हो ? के यिनीहरू एक-अर्कालाई पछार्ने दाउ मिलाउनलाई यस्तो भनिरहेका त छैनन् ? नेताहरूले बोल्ने बेलामा यस्तो बोल्छन् अनि भोलिदेखि लाठो मुङ्ग्रो गर्न थाल्छन् । नेताहरूलाई सत्तापान बाहेक चियापानले केको लागि मेलमिलाप गराउने पो हो र ?”

यता यसरी एक कप चिया पिउनकै लागि यत्रो वर्षभरि राजनीतिक घमासान किन भन्ने मुलुकैलाई लाग्न थालेको छ। चिया पिउँदै कुरा गर्दै विकट राजनीतिक समस्याहरू समाधान गर्ने बाटा पहिल्याउन सकिन्छ भने किन यत्रो विवाद र मारामार ? तर होइन, यिनीहरूको विवाद सत्ताको लागि न हो। एकलौटी सत्तापान गर्ने वा सत्तापान गर्न मिलेर जाने -समस्याको जरो नै यो हो। सत्तामा एकलौटी जान सकिएसम्म किन मरमोलाहिजा गर्ने ? एक्लै सत्तामा जान नसकिएमा मेलमिलाप गर्ने यो हो राजनीति । यिनीहरूलाई मुलुकका समस्याहरूले एक गराउन त सकेको छैन भने एक कप चिया खाएर के यी एक होलान् ? सत्तापानका लागि चियापान ? किन एक कप चियापानका लागि वर्षभिर घमासान ?

नेताजीले मेरा कुरा ध्यानपूर्वक सुने अनि फिस्स हाँसिदिए। भने, ‘होइन हल्लनदासज्यू, राजनीति यसरी सजिलो गरी चल्दैन। एक कप चियाले सबै समस्या समाधान भइदिने भए यत्रो अविश्वासको प्रस्ताव, सांसदहरूको किनबेच, जम्बो मन्त्रिमण्डल आदि-इत्यादि किन गरिरहनुपर्थ्यो र ? नभएको समस्यालाई समस्या बनाउन र चर्काउन सकेन भने त्यो राजनीति केको राजनीति ? यो चियापान समारोह त एउटा तरीका हो जनतालाई देखाउने । हामीमा मेलमिलाप छ, मेलमिलाप छैन किन भन्ने र? तर चिया पिउँदासम्म मात्र । आज चियापान सकियो, भोलिदेखि उनै पेन्डिङ रहेका काम शुरू। उताकोलाई कुर्सीबाट उक्काएर कसरी फाल्ने र आफू कसरी बस्ने ? एक कप चिया ल्याएर मित्रता भइगो भन्ठानेको होला ? त्यति सस्तोमा कसरी हुन्छ ? सत्तामा बसेर कमिसन खाएर त जान नसकेको जनसेवामा एक कप चिया खाएर जान सकिन्छ ? चिया खाएको आधारमा सब विवादै खत्तम ? राजनीति भनेको चियाको कपमा आएको तूफान त होइन नि, यत्रो महासमिति भन, महाधिवेशन भन, पछारापछार गर, एकता भन अनि जनआन्दोलनबाट एउटा सिङ्गो मुलुकै मथेर निस्केको अमृत राजनीति गर्ने नेताहरूले पान नगरेर जनताको भागमा पर्न जाने विष पान गर्ने ?’

नेताजी यति भनेर पुन हाँसे । अनि हाँस्दै भने, चियाले सत्ताको ठाउँ कहिलै लिन सक्दैन।’ नेताजीका कुराले मेरो दिमागमा एउटै प्रश्न नाचिराख्यो चियापान कि सत्तापान ? चियापान कि….।

०००
चोर ! चोर ! (२०५५)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अर्थशास्त्र

अर्थशास्त्र

सञ्जय साह मित्र
टाउकोमा टुटिलो

टाउकोमा टुटिलो

मुक्तिनाथ शर्मा
सत्य मर्दैन

सत्य मर्दैन

अशोककुमार शिवा
समानता अभियान

समानता अभियान

सुरेशकुमार पाण्डे
जिब्रो

जिब्रो

रमेश समर्थन