साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बरू

झन्डा बोक्न तयार हुन् मुलुकको राँगाहरूले बरू झन्डा च्यात्न अझै जलाउन जुटून् नागाहरूले बरू मान्छे चुप्प बसून् मिचे मुलुकको सीमा र किल्ला बरू जोगाऊन् सब भ्यागुता अब मिली भू स्वर्ग धर्ती बरू ।

Nepal Telecom ad

बिन्दु दहाल मूकदर्शक :

छेपारा जति छन् रमाउन सकून् मान्छे रुने हुन् अरू
मान्छे सूक्ष्म बनून् ठुला नभ छुने अर्ना गधा हुन् बरू
नाचून् बाँदर मस्त निर्भय भई मान्छे ननाचून् बरू
बाँचून् साँढहरू अजिङ्गर यहाँ मान्छे नबाँचून् बरू ।

खाऊन् व्यञ्जन नित्य ती कुकुरले मान्छे नखाऊन् बरू
जाऊन् मन्दिरमा मुसा अरिमठे मान्छे नजाऊन् बरू
गाऊन् गीत सभक्ति राष्ट्र महिमा बोकाहरूले बरू
छोडून् गाउन राष्ट्रगीत नरले यो राष्ट्र हालून् चरु ।

दौरा कोट भिरून् निरन्तर सबै ती फ्याउरा स्यालले
नाङ्गै हुन् बरू यी समस्त नर जो ताली पिटून् मालले
मानून् कानुन गोरुले हरघडी मान्छे नमानून् बरू
जानून् भालु पुराण वेद गरिमा मान्छे नजानून् बरू।

झन्डा बोक्न तयार हुन् मुलुकको राँगाहरूले बरू
झन्डा च्यात्न अझै जलाउन जुटून् नागाहरूले बरू
मान्छे चुप्प बसून् मिचे मुलुकको सीमा र किल्ला बरू
जोगाऊन् सब भ्यागुता अब मिली भू स्वर्ग धर्ती बरू ।

बेचून् ताल नदी र जङ्गल सबै मान्छेहरूले बरू
गोहीले वन यी नदी मुलुकको रक्षा गरून् आबरू
कुर्सीमा जहिले जुका गजबले चुस्तै बसून् झन् बरू
सत्तामा नपुगून् बडा सुजन यी विद्वान् सुधी या गुरु।

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x