सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बरू

झन्डा बोक्न तयार हुन् मुलुकको राँगाहरूले बरू झन्डा च्यात्न अझै जलाउन जुटून् नागाहरूले बरू मान्छे चुप्प बसून् मिचे मुलुकको सीमा र किल्ला बरू जोगाऊन् सब भ्यागुता अब मिली भू स्वर्ग धर्ती बरू ।

Nepal Telecom ad

बिन्दु दहाल मूकदर्शक :

छेपारा जति छन् रमाउन सकून् मान्छे रुने हुन् अरू
मान्छे सूक्ष्म बनून् ठुला नभ छुने अर्ना गधा हुन् बरू
नाचून् बाँदर मस्त निर्भय भई मान्छे ननाचून् बरू
बाँचून् साँढहरू अजिङ्गर यहाँ मान्छे नबाँचून् बरू ।

खाऊन् व्यञ्जन नित्य ती कुकुरले मान्छे नखाऊन् बरू
जाऊन् मन्दिरमा मुसा अरिमठे मान्छे नजाऊन् बरू
गाऊन् गीत सभक्ति राष्ट्र महिमा बोकाहरूले बरू
छोडून् गाउन राष्ट्रगीत नरले यो राष्ट्र हालून् चरु ।

दौरा कोट भिरून् निरन्तर सबै ती फ्याउरा स्यालले
नाङ्गै हुन् बरू यी समस्त नर जो ताली पिटून् मालले
मानून् कानुन गोरुले हरघडी मान्छे नमानून् बरू
जानून् भालु पुराण वेद गरिमा मान्छे नजानून् बरू।

झन्डा बोक्न तयार हुन् मुलुकको राँगाहरूले बरू
झन्डा च्यात्न अझै जलाउन जुटून् नागाहरूले बरू
मान्छे चुप्प बसून् मिचे मुलुकको सीमा र किल्ला बरू
जोगाऊन् सब भ्यागुता अब मिली भू स्वर्ग धर्ती बरू ।

बेचून् ताल नदी र जङ्गल सबै मान्छेहरूले बरू
गोहीले वन यी नदी मुलुकको रक्षा गरून् आबरू
कुर्सीमा जहिले जुका गजबले चुस्तै बसून् झन् बरू
सत्तामा नपुगून् बडा सुजन यी विद्वान् सुधी या गुरु।

०००
झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
लाटो सिँगार्छन् अझै

लाटो सिँगार्छन् अझै

बिन्दु दहाल ‘मूकदर्शक’
मुस्किल छ

मुस्किल छ

बिन्दु दहाल ‘मूकदर्शक’
कालो सर्प

कालो सर्प

बिन्दु दहाल ‘मूकदर्शक’
छन् यहाँ

छन् यहाँ

बिन्दु दहाल ‘मूकदर्शक’
गोरु ब्याए

गोरु ब्याए

बिन्दु दहाल ‘मूकदर्शक’
सोचौँ कसी कन्धनी

सोचौँ कसी कन्धनी

बिन्दु दहाल ‘मूकदर्शक’
हाँसो र हाँसो दिवस !

हाँसो र हाँसो दिवस...

हाेमनाथ घिमिरे
जो भेटे पनि यी झम्टिन्छन्

जो भेटे पनि यी...

रमेश खकुरेल
नाइटो महात्म्य

नाइटो महात्म्य

तिलकराज शर्मा पाैडेल
धन महिमा

धन महिमा

सुशील रिजाल
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली