साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य आधा भ्रम – २०

भारतका मन्त्रीहरूलाई "दाइ" बनाएर डोरो बाँध्ने सामर्थ्य मात्र होइन, विवाह गर्दाको बेला अमेरिकी राजदूतावासले दिएको दाइजोले पनि उनको आत्मबल थप दरिलो बनाएको छ।

Nepal Telecom ad

अर्जुन दाहाल (क):

नेपालको सबैभन्दा शक्तिशाली महिला को हुन् भनेर अघिल्लो महिनामा सर्वे गरिएको रहेछ। गाउँदेखि शहरसम्म, देशदेखि विदेशसम्म गरिएको उक्त सर्वेको नतिजा निकै चाखलाग्दो छ। नुनचिनीपानी विशेष ब्यूरोले गरेको सो सर्वे अनुसार, नेपालकै सबैभन्दा शक्तिशाली महिला “आउजु देउवा” भएको नतिजा निस्किएको छ। कारणहरू संक्षिप्तमा तल उल्लेख गरिएका छन्।

फूलकमल र तरवारप्रसाद वलीको सरकार राम्रै चलिरहेको थियो। एकाएक त्यो सरकार परिवर्तन गरिदिने शक्तिशाली महिला उनै थिइन्। भ्रामक तथ्यका आधारमा कसैले उनलाई जेल पठाउने तयारी गरिरहेको बेला,सो कुरा सबै बुझी उल्टै त्यो तयारी गर्नेहरूलाई नै जेल पुर्‍याउने काम श्रीमती आउजुले गरिन्। त्यो सानो कुरा होइन/थिएन ।

एनआरएनएलाई औपचारिक रूपमा विभाजन गरी छाता प्रदान गर्ने काम पनि उनकै नेतृत्वमा भयो। अहिलेका एनआरएन भनाउँदा चाटुकारहरूलाई साडीको फेरो मिलाइदिने काम पनि उनैले गरेकी छिन्। दिएको जिम्मेवारी राम्रोसँग भए/नभएको निगरानी समेत उनी ले नै गर्ने गरेको कुरा सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ।

अहिले आशंका मात्र होइन, आकलन समेत गरिँदैछ कि केही वर्षभित्र उनी सिङ्गो नेपालकै शक्तिशाली व्यक्ति बन्नेछिन्। भारतका मन्त्रीहरूलाई “दाइ” बनाएर डोरो बाँध्ने सामर्थ्य मात्र होइन, विवाह गर्दाको बेला अमेरिकी राजदूतावासले दिएको दाइजोले पनि उनको आत्मबल थप दरिलो बनाएको छ।

आशा गरौं, उनी नक्कली शरणार्थीको सल्लाहकारको रूपमा हैन, साँच्चिकै शक्तिशाली महिलाको रूपमा छिट्टै विश्वले चिन्न सकोस्।

०००
(व्यङ्ग्य लेखक ‘नुनचिनीपानी’ अमेरिकाका परिकल्पनाकार हुन्।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
0
Would love your thoughts, please comment.x
()
x