साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जङ्गलको बतास

“आमा ! यो हामी बसेको रुख जस्तै दह्रो हुन् के गर्नुपर्छ ?” “केहि पर्दैन । दह्रो उभिनुपर्छ । सानैदेखि सोझो हुनुपर्छ । हावाहुरी र बतासले हल्लाउन खोज्दा नहल्लिने हुनुपर्छ ।”

Nepal Telecom ad

जङ्गलमा उग्र बतास चल्दै थियो । रुख-पातका हाँगा-बिँगा झर्दै थिए । कुट्मिरो, चुलेत्रो, उत्तिस, भलायो, गल्र्याम-गुर्लुम भाँचिए । कलिला लुला हाँगा सोत्तर भए । एउटा चिलौनेको रुखमा आफ्नो बच्चा दह्रो समाएर बसेको बाँदर जङ्गलको हावा हुन्डरीसँग सङ्घर्ष गरिरहेको थियो । बच्चालाई पिठ्यँुमा बोकेर दुवै हातले रुखको हाँगो समाएर बसेको बाँदरले बच्चालाई भन्यो-
“मलाई च्याप्प् समातेर बस्, केहि हुँदैन !”

बच्चाले डराउँदै आमाको कानमा भन्यो-
“अन्त रुख पात, पतिङ्गर उडिरहेको छ त ? यो रुख ढल्यो भने ?”

“ढल्दैन ! निस्फिक्री बस ! यो केराको पात, बाँसको टुप्पो होइन । यो चुलेत्रो जस्तो कफलो हुँदैन ।”
“कुन्नि त ! मलाई त साह्रै डर लागिरहेको छ !”
“नामर्द ! हाम्रो प्रजातिको मुटु हुँदैन । मुटु हुने मान्छेहरू पो डराउँछन् त ?”
विचरा त्यो अबोध बाँदर बच्चाले के बुझ्यो बुझेन । आमाको खेकिलामा मुन्टो लुकायो ।

धेरैबेरपछि जंगलको हावा मत्थर भयो । बिस्तारै जीवजन्तुहरू ओढार र रुखदेखि क्रमशः ओर्लिए । चिलौने, भद्रासे, मौवा, खराने, वर काभ्रा आदिका पातसम्म झरेका थिएनन् । तर अरु चिलौनेका वरिपरि भएका लुला-लङ्गडा, झुसे-मुसे खनीउ, कुट्मिरो, अम्बके, चुलेत्रो आदि सोत्तर थिए ।

बिस्तारै रुखबाट आमा-छोरा बाँदर ओर्लिए । फेदमा ओर्लेपछि बाँदरको बच्चाले आमालाई सोध्यो-
“आमा ! यो हामी बसेको रुख जस्तै दह्रो हुन् के गर्नुपर्छ ?”
“केहि पर्दैन । दह्रो उभिनुपर्छ । सानैदेखि सोझो हुनुपर्छ । हावाहुरी र बतासले हल्लाउन खोज्दा नहल्लिने हुनुपर्छ ।”

०००
९ मार्च २०२३
सिक्किम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रमजीवी !

श्रमजीवी !

हेमराज अधिकारी
भिडसँग

भिडसँग

हेमराज अधिकारी
कथाको अन्त

कथाको अन्त

हेमराज अधिकारी
कठै उल्लूहरू !

कठै उल्लूहरू !

हेमराज अधिकारी
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
पैसा पोसाउने पेसा !

पैसा पोसाउने पेसा !

ठाकुरप्रसाद अधिकारी
फोकटलालको ज्ञानोपदेश

फोकटलालको ज्ञानोपदेश

दामाेदर न्याैपाने
दुईतिहाइको ठेडी

दुईतिहाइको ठेडी

फित्काैली डटकम
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x