साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भिडसँग

अस्तित्वको लडाइँमा जुट्नुपर्छ उसको चौकी बचाउन होइन सन्ततीको घडेरी बाँच्नुपर्छ सातु चबाउँदै शत्रु चबाउनुपर्छ अनि उसले आजकल मलाई भिडको कुरा गर्न छोड्यो झुट्टा अश्वासन गर्न छोड्यो ।

Nepal Telecom ad

उसले भिडको कुरा गरिरह्यो ।
मैले सुनिरहें ।
अनि भिडको परिभाषा
परिभाषित गरेँ ।
ए भिड !
तिमी त प्रलोभनमा भेला हुन्छौ
चिल्ला गाडीमा चढ्छौ
मासु भात खान्छौ
बिछ्याइएको चौकीमा
उङ्दै आन्द्रा तन्काउँछौ
हाजिरा पकाउँछौ
बेलाबेला ताली बज्दा झसङ्ग हुन्छौ
सुझो न बुझो तिमीलाई
केहि पनि पत्तो हुँदैन
हिजो हजुरबाले पनि
ताली बजाइरहे
केमा बजाए ?
न उनलाई थाहा
न तिमीलाई
तातो न छारो महत्त्व हुँदैन
इन्तु न चिन्तु तिमी
तिम्रो न मोल हुन्छ
न महत्त्व हुन्छ ।
तिम्रो उपस्थितिले
त्यो मंचमा उफ्रिनेले गर्नु गरिसक्यो
भर्नु भरिसक्यो !
तिमीलाई ऐया न आथा !
कागलाई बेल पाकेको
हर्ष न विस्मात !
तिम्रा बाहरू त्यसै गर्थे
तिमी त्यसै गर्दैछौ
जसो जसो बराजु
सोही सोही नाति ।
ए भिडको कुरा गर्ने मित्रहरू !
उद्देश्यमुलक भिड जुटाऊ !
आफैं जागेर भिड एकत्र होस्
घर घरमा नमस्ते ! गर्दै
थोत्रो अश्वासन दिंदै
केवल, केवल भिडको कुरा नगर् !
मैले धेरै भिड देखेको छु
सर्प नचाउनेले
बाँदर नचाउनेले
जादु टुनामुना गर्नेले
सर्कसमा तमासा देखाउनेले
माघेमेलामा रोटेपिङ खेलाउनेले
हिउँदमा गोरु जुधाउनेले
मञ्चमा मारुनी नचाउनेले
भक्तिको तालीमा
सहुलियतको थालीमा
फोस्रा फोस्रा कुरा गर्नेले ।
ए भिड तिम्रो परिभाषा गरिदिएँ ।
अब फेरि तिम्रो भिडले
तिमीलाई बेच्ने छ
तिम्रो सन्तती खाल्डामा जाकिन्छ
आज जाकिए जस्तै
कहिल्यै नउठ्ने गरि
अनन्तसम्म ।
यसैले
माटोको भिडमा जुट्नुपर्छ
अस्मिताको लडाइँमा जुट्नुपर्छ
अस्तित्वको लडाइँमा जुट्नुपर्छ
उसको चौकी बचाउन होइन
सन्ततीको घडेरी बाँच्नुपर्छ
सातु चबाउँदै
शत्रु चबाउनुपर्छ
अनि उसले आजकल मलाई
भिडको कुरा गर्न छोड्यो
झुट्टा अश्वासन गर्न छोड्यो
कारण म पत्याउने होइन
अनि मसँग कुरै गर्दैन
तिमी पनि पत्याउन छोड
तिमीलाई समेत पत्याउँछ
छोरानातिलाई पत्याउँछ
भावी सन्ततिलाई पत्याउँछ !!

०००
गान्टोक, सिक्किम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रमजीवी !

श्रमजीवी !

हेमराज अधिकारी
जङ्गलको बतास

जङ्गलको बतास

हेमराज अधिकारी
कथाको अन्त

कथाको अन्त

हेमराज अधिकारी
कठै उल्लूहरू !

कठै उल्लूहरू !

हेमराज अधिकारी
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x