सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ईजार खुस्किएको सुरुवाल !

मण्डलको सभा ईजार खुस्किएको सुरुवाल जस्तै भयो । न त सुरुवालको ईजारनै भेटियो न त मण्डल । भोका भुँडीहरूले पेट मिची-मिची झिल्का निकाल्ने अथक प्रयत्न गरे ! गरिरहे !!

Nepal Telecom ad

हेमराज अधिकारी :

मण्डलको आफ्नै स्वभाव थियो । हिटलरले कुखुराको भुत्ला खुइलेर हातबाट मकैका दाना छर्दै तिनै अबोध कुखुरालाई चारो ख्वाए जस्तै मण्डल समेत उनका आसेपासेलाई त्यसै गर्थे । बेलाबेलामा उनले भोका पेट र आगो दन्किरहेका भुँडीहरूलाई भेला गरेर खुब कुटिलता देखाउँथे । स्थानियहरूको अर्को विकल्प थिएन । मण्डलको विरोध गर्नु खाली खुट्टा आगोमा टेक्नु बराबर थियो । तातो फलाम चबाउनु बराबर थियो ।

एकदिन मण्डलकोभारि सभामा ईजार खुस्क्यो । भोका पेट र अशान्त भुँडीहरू भुँडी मिच्दै हाँसे । सुरुवाल तान्न निहुरेका मण्डलको ईजार ईजारको दुलोमै हरायो । ऊनी बेहोस भए । हत्तनपत्त दगुर्दै ऊनी शौचालय कुदे । अशान्त भुँडीहरूले त्यो दृश्य देखिरहेका थिए । शौचालयमा पुग्दा भित्र अर्को भोको पेट, पेट निचोरी-निचोरी कन्दै थियो । मण्डलले उफ्रिदै कराए ।
“कुन चैं अपराधी अड्किएको छ भित्र ?”
“आगो दन्केको भुँडीबाट झिल्का आउन खोज्दैछ मण्डल बाबु !”
“छिटो निस्की हाल अपराधी !”
“अपराधी आउन खोज्छ आउनै सक्दैन हजुर ! ईजार खुस्किएको लामो सुरुवाल जस्तै भयो !”

मण्डल कता हराए कसैलाई पत्तो भएन ! उप्रान्त उनलाई कसैले देखेन । भोका र अशान्त भुँडीहरू बिस्तारै शान्त भए । मण्डलको सभा ईजार खुस्किएको सुरुवाल जस्तै भयो । न त सुरुवालको ईजारनै भेटियो न त मण्डल । भोका भुँडीहरूले पेट मिची-मिची झिल्का निकाल्ने अथक प्रयत्न गरे ! गरिरहे !!

०००
८ जुन २०२३
सिक्किम ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
श्रमजीवी !

श्रमजीवी !

हेमराज अधिकारी
जङ्गलको बतास

जङ्गलको बतास

हेमराज अधिकारी
भिडसँग

भिडसँग

हेमराज अधिकारी
कथाको अन्त

कथाको अन्त

हेमराज अधिकारी
कठै उल्लूहरू !

कठै उल्लूहरू !

हेमराज अधिकारी
रेलयात्रा

रेलयात्रा

शरद जाेशी
पैसा ! पैसैपैसा !!

पैसा ! पैसैपैसा !!

डा. सुकराज राई
गाँस

गाँस

ढाकामाेहन बराल
भोक माफिया

भोक माफिया

डा. विदुर चालिसे
परनिर्भरता

परनिर्भरता

सृजन लम्साल
छेपारोको रङ्ग

छेपारोको रङ्ग

रामप्रसाद पन्थी