साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ईजार खुस्किएको सुरुवाल !

मण्डलको सभा ईजार खुस्किएको सुरुवाल जस्तै भयो । न त सुरुवालको ईजारनै भेटियो न त मण्डल । भोका भुँडीहरूले पेट मिची-मिची झिल्का निकाल्ने अथक प्रयत्न गरे ! गरिरहे !!

Nepal Telecom ad

हेमराज अधिकारी :

मण्डलको आफ्नै स्वभाव थियो । हिटलरले कुखुराको भुत्ला खुइलेर हातबाट मकैका दाना छर्दै तिनै अबोध कुखुरालाई चारो ख्वाए जस्तै मण्डल समेत उनका आसेपासेलाई त्यसै गर्थे । बेलाबेलामा उनले भोका पेट र आगो दन्किरहेका भुँडीहरूलाई भेला गरेर खुब कुटिलता देखाउँथे । स्थानियहरूको अर्को विकल्प थिएन । मण्डलको विरोध गर्नु खाली खुट्टा आगोमा टेक्नु बराबर थियो । तातो फलाम चबाउनु बराबर थियो ।

एकदिन मण्डलकोभारि सभामा ईजार खुस्क्यो । भोका पेट र अशान्त भुँडीहरू भुँडी मिच्दै हाँसे । सुरुवाल तान्न निहुरेका मण्डलको ईजार ईजारको दुलोमै हरायो । ऊनी बेहोस भए । हत्तनपत्त दगुर्दै ऊनी शौचालय कुदे । अशान्त भुँडीहरूले त्यो दृश्य देखिरहेका थिए । शौचालयमा पुग्दा भित्र अर्को भोको पेट, पेट निचोरी-निचोरी कन्दै थियो । मण्डलले उफ्रिदै कराए ।
“कुन चैं अपराधी अड्किएको छ भित्र ?”
“आगो दन्केको भुँडीबाट झिल्का आउन खोज्दैछ मण्डल बाबु !”
“छिटो निस्की हाल अपराधी !”
“अपराधी आउन खोज्छ आउनै सक्दैन हजुर ! ईजार खुस्किएको लामो सुरुवाल जस्तै भयो !”

मण्डल कता हराए कसैलाई पत्तो भएन ! उप्रान्त उनलाई कसैले देखेन । भोका र अशान्त भुँडीहरू बिस्तारै शान्त भए । मण्डलको सभा ईजार खुस्किएको सुरुवाल जस्तै भयो । न त सुरुवालको ईजारनै भेटियो न त मण्डल । भोका भुँडीहरूले पेट मिची-मिची झिल्का निकाल्ने अथक प्रयत्न गरे ! गरिरहे !!

०००
८ जुन २०२३
सिक्किम ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रमजीवी !

श्रमजीवी !

हेमराज अधिकारी
जङ्गलको बतास

जङ्गलको बतास

हेमराज अधिकारी
भिडसँग

भिडसँग

हेमराज अधिकारी
कथाको अन्त

कथाको अन्त

हेमराज अधिकारी
कठै उल्लूहरू !

कठै उल्लूहरू !

हेमराज अधिकारी
मन्त्री बिलौना

मन्त्री बिलौना

ध्रुव नेपाल
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
अप्जसिया कुर्सी

अप्जसिया कुर्सी

खग प्रसाद नेपाल
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
राजनीतिक लुतो

राजनीतिक लुतो

सीताराम नेपाल
0
Would love your thoughts, please comment.x
()
x