साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कठै उल्लूहरू !

कुराकानी हुँदाहुँदै फेरि अर्को हुल उल्लूहरूले अर्को उल्लूलाई पण्डित बनाएर ल्याए । उल्लूहरूको जमातले त्यस उल्लूलाई हेरिरहेका थिए ! कठै उल्लूहरू !

Nepal Telecom ad

चुनावको चुनौती चुनौतीपूर्ण थियो सबै उम्मेदवारलाई । जनतालाई उल्लू बनाउने प्रक्रिया जारी थियो । हजुरबादेखि उल्लू भएका नातिसम्म उल्लू थिए । यसले जोतेको हो भनेर जान्दाजान्दै फेरि पनि पत्याएर उल्लूको बथान थुप्रोमा परिणत थियो । रक्सीको बलबुत्तामा एउटा युवक भिडबाट चिच्याउन थाल्यो ।
“हाम्रो युवा नेता आयो है ?” चारजना उसका साथीहरू रक्सी डकार्दै उफ्रे ।
“आयो है ! आयो है !”
“युवाले परिवर्तन माग्यो है ?”
“माग्यो है- माग्यो है !”

अलिक तल्लो पट्टिको घरबाट अर्को हुल चुनावका जोगीहरू फेरि बजाएर निस्के । उनीहरूको हातमा पेपरका ठ्यासफु थिए । एकाअर्कालाई आँखा तर्दै दुवै पक्षले तीतो थुक निले । माथ्लो घरकी अन्तरीले आँगनको डिलमा उभ्भेर भनिन् ।
“कान चिरुवा जोगीहरू ! फेरि लाएर दान क्वाप्पै पार्न पल्केका तस्कर ! अब हाम्रो उल्लू बन्ने दिन गए । जोगीलाई उल्लू बनाउन अब हामीलाई थाहा छ ।”

“होस् गर है अन्तरी ! त्यो जोगीको त माथिसँग राम्रो छ ! च्यापु लक होला !” गैह्री घरेले रातो अनुहार पार्दै भने !
अन्तरी अझै उफ्री ।
“मैले सुन्दा त यसपटक माथिसँग राम्रो होइन ! जनतासँग राम्रो भएको खोज्दैछ अरे !”

“ई… भन्न् ! माथिका जम्मै मालपानी बोकेर गाउँ पसेका छन् । पसिना माथिको छुटेको छ । सरकारी गाडीको नम्बर दिउँ तँलाई ?” गैह्री घरेले सत्य ओकल्यो ।
“गैह्री बा ! के हामीलाई फेरि उल्लू बनाएकै हो त ? मेरा त नौ नाडी गले तपाईंको कुराले !”

“मेरो कुरा सुन्न अन्तरी ! हाम्रा बाबु-बाजे उल्लू भए । हामी समेत उल्लू हौं । यी साधुको भेषमा आएका चोरको कुरा पत्याउने हामी झन् महा उल्लू हौं ! केहि नाप्दैन भनेर जान्दाजान्दै अधिकार दिने अनि आफ्नै भाग्यमा बन्चरो हान्ने हामी उल्लू सढाउ हौ। थुक्क् उल्लू हामी !”

कुराकानी हुँदाहुँदै फेरि अर्को हुल उल्लूहरूले अर्को उल्लूलाई पण्डित बनाएर ल्याए । उल्लूहरूको जमातले त्यस उल्लूलाई हेरिरहेका थिए ! कठै उल्लूहरू !

०००
गान्टोक, सिक्किम
२९ अक्टोबर २०२२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रमजीवी !

श्रमजीवी !

हेमराज अधिकारी
जङ्गलको बतास

जङ्गलको बतास

हेमराज अधिकारी
भिडसँग

भिडसँग

हेमराज अधिकारी
कथाको अन्त

कथाको अन्त

हेमराज अधिकारी
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
पैसा पोसाउने पेसा !

पैसा पोसाउने पेसा !

ठाकुरप्रसाद अधिकारी
फोकटलालको ज्ञानोपदेश

फोकटलालको ज्ञानोपदेश

दामाेदर न्याैपाने
दुईतिहाइको ठेडी

दुईतिहाइको ठेडी

फित्काैली डटकम
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x