साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चन्द्रागिरि साहित्य प्रतिष्ठानको मुक्तक शृङ्खला

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १२५ औं शृङ्खला मुक्तक विशेष काव्य गोष्ठीको रुपमा भव्यताका साथ सम्पन्न भयो ।

Nepal Telecom ad

काठमाडौं, २०७९ कार्तिक १६ । चन्द्रागिरि साहित्य प्रतिष्ठानको १२५ औं शृङ्खला मुक्तक विशेष काव्य गोष्ठीको रुपमा भव्यताका साथ सम्पन्न भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा एबं मुक्तक अभियन्ता सुनिल अधिकारीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा त्रिदिवसीय खोरिया तीज गीत महोत्सवका प्रमुख अतिथि प्रा.डा.हेमनाथ पौडेल, माया ठकुरी र मन्जू काँचुली ३ जनालाई सम्मान पत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रममा सुनिल अधिकारीले मुक्तक विन्दूमा सिन्धु र गागरमा सागर अटाउने रचना हो तुक र अनुप्रासका विवाद र बहसले सिद्धान्त अझ दह्रो हुँदैगएको छ भन्नुहुँदै मुक्तकमा भावगत विचारको संयोजन मिल्नुपर्छ भन्नुभयो ।

चन्द्रागिरिको नियमित १२५ श्रृङ्खला पुग्नु ज्यादै खुशीको कुरा हो यो नै साहित्यको सेवा हो भन्नु भयो ।
विशिष्ठ अतिथि डा. बमबहादुर थापाले पहिले मेरो पालाको मुक्तक ४/५/६ पङ्क्तिका छोटो कवितालाई भन्ने गरिन्थ्यो, आधुनिक मुक्तक तेस्रो अनुप्रास विहिन चतुष्पदिय संरचनामा हुने गर्छ म अनुप्रासको लोभी, भोको भएर होला सबैमा अनुप्रास भएको नै भन्न मन लाग्छ भन्नुहुँदै रचना सुनाउनु भयो ।

बिशिष्ठ अतिथि कलानिधि दाहाल, गंगा लिगलले कार्यक्रम निरन्तरतामा खुशी व्यक्त गर्दै आ-आफ्नो रचना सुनाउनु भयो ।

सुधा बास्कोटा ढकालको कुशल उदघोषणमा भएको काव्य गोष्ठीमा अतिथि साहित्यकारहरू क्रमश अमर सैंजु, आर्त अकुलिन, खगेन्द्रप्रसाद बस्याल, लक्ष्मीप्रसाद मिश्र, यज्ञलाल सुवेदी, टेकबहादुर लौडारी, चन्द्रावती अधिकारी, मूना खरेल घिमिरे, सुरेशचन्द्र घिमिरे, बिनुबाबा घिमिरे, सबिता भट्टराई, उमा ओडारी, चूडा निर्भिक, घनश्याम पौडेल, उर्मिला पन्त, सविता केसी, प्रेम थापा लगायत २५ जना सर्जकहरूले आ-आफ्ना मुक्त रचना वाचन गर्नु भयो ।

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खोरियाको प्रवर्तकको रुपमा खोरिया लेखनको सैद्धान्तिक अवधारणा ४ पङ्क्तिको संरचनामा ३ पङ्क्ति ८/८/८ अक्षर र चौथो पङ्ति ५ अक्षर गरि जम्मा २९ अक्षरमा पूणर् खोरिया बन्ने प्रष्ट पार्नु हुँदै खोरिया विश्वभर छरिएर रहनु भएका स्रष्टाहरूले नेपाली साहित्यकार विश्व सञ्जाल मार्फत लेखन अभ्यास गरिरहनु भएकोमा खुसी एबं गर्व लागेको छ भन्नु हुँदै प्रमुख अतिथि, विशिष्ठ अतिथिहरू लगायत उपस्थित सम्पूणर् अतिथि आमन्त्रित साहित्यकारमा धन्यवाद ज्ञापन गरि आफ्नो मुक्तक वाचनको साथ कार्यक्रम समापनको घोषणा गर्नु भयो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x