साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रमजीवी !

कमिलाका ताँती जस्तै ! मौरी जस्तै पौरखी तिमी कमिलो जस्तै सृजनशील तिमी ए पौरखी मित्र लु न लौ न ! बधाई छ श्रमजीवी मित्र तिम्रो संघर्षलाई ! तिम्रो पसिनालाई !

Nepal Telecom ad

ए श्रमजीवी मित्र ।
तिम्रो संघर्षले यो दुनियाँ विचित्र !
तिम्रो रगतको थोपाथोपा
मेरो घर निर्माणमा
मेरो बारी निर्माणमा
मेरो खेत निर्माणमा
उसको गगन चुम्बी महलमा
त्यो अस्तव्यस्त मुम्बईमा
उता दिल्ली कोलकातामा
हाम्रै गान्तोक सिङ्ताममा
आधुनिक सिंगापुर र स्विट्जरलैंड्मा !
आकाशमा गुड्ने हवाई जहाजमा
भुइँमा कुद्ने रेलगाडीमा
पानीमा बग्ने पानी जहाजमा
पृथ्वीमुनि मेट्रोमा !
माथिी रकेट् फाइटरमा
हाम्रा गाउँको चुलेत्रो कुट्मिरोमा
जंगलको घोर धरानमा !
जताततै तिम्रो बलिदान !
तिम्रा हत्केलाका रेखाहरू
यो दुनियाँमा तिम्रा डामहरू !
कति सरकारका निर्माता तिमी
कति भाग्यका विधाता तिमी
कति सरकार ढाल्यौ तिमीले
कति सरकार उकास्यौ तिमीले
कतिको भिड भैदिनु तिमीले
कतिको शिर भैदिनु तिमीले
कतिको अभागी खप्पर तिम्रो
विदेशी भूमिमा शहीद तिमी
स्वदेशी भूमिमै शहीद तिमी
कठै तिम्रा वेदीहरू …. !
आज पनि तिमीलाई प्रयोग गर्दैछन्
तिम्रा लागि एक्चोक्टा मासु पकाउँदैछन !
तिमीलाई बलीको बोका बनाएर
उनीहरूले चौकी तताउँदैछन् ।
अनि त तिमी आज कम्पनी पुग्नुपर्ने !
हाजिरी गरेर उसको चौकी बलियो बनाउन !
फेरि उसको ढँटाइमा पुग्नुपर्ने
बेलुकी प़mेरि हाजिरी कम्पनीमा !
उफ् मजदुर साथी !
आज प़mेरि तिमी बलीको बोको हौ !
तिम्रो दिवस सरकारले मनाउँदै छ !
तिमी खोइ स्वतन्त्र ?
तिम्रो विदाई हुँदैन ?
तिम्रो दिवस तिमी जस्तै
श्रमिकहरू !
श्रमजीवीहरू !
कठै !!
आऊ श्रमिक मित्र
हातेमालो गरौं
यस्तो अलछिनी व्यवस्था !
यस्तो अलपत्र सरकार !
यस्तो निराकार !
यस्तो निराधार !
उखेलेर जरैदेखि फ्याँक्न
उठ ! कम्मर कस् !
कमिलाका ताँती जस्तै !
मौरी जस्तै पौरखी तिमी
कमिलो जस्तै सृजनशील तिमी
ए पौरखी मित्र लु न
लौ न !
बधाई छ श्रमजीवी मित्र
तिम्रो संघर्षलाई !
तिम्रो पसिनालाई !

०००
सिक्किम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जङ्गलको बतास

जङ्गलको बतास

हेमराज अधिकारी
भिडसँग

भिडसँग

हेमराज अधिकारी
कथाको अन्त

कथाको अन्त

हेमराज अधिकारी
कठै उल्लूहरू !

कठै उल्लूहरू !

हेमराज अधिकारी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x