सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दसैँमा हजुरबालाई सम्झँदै !!

ढिकी जाँतो हरायो हजुरबा ! नौरथादेखि ठ्वाङ ठ्वाङ् गर्ने ! पारि गाउँमा मगमग बासना आउने ! माइली धान र ताइचुङ्को धान ! तपाईंसँगै हराए हजुरबा ! तपाईंको पालोमा बनाएका ढुङ्गाका गारे घर ! सबै भत्किए तपाईं भत्किए सरी !

Nepal Telecom ad

हजुरबा !
हो हामी दसैँ मनाउँदै छौं !
बाहिर खाट्मा तपाईं हुनुहुन्न !
त्यो तीनतले घर छैन !
दशैं छ तर रौनक छैन !
गोजीमा पैसा टन्न छ तर शान्ति छैन !
कसैको सहुलियत कसैले काटेर !
गाउँमा उग्र रडाको दशैं छ !
तपाईं कुबिन्डो काट्नु हुन्थ्यो !
अहिले त गरिबको सहुलियत काट्छन् !
तपाईंले “आइन्द्रोनसुते” भनेको कानमा
झल्झली छ हजुरबा !!
तपाईंका छोरानातिको कुरा गरिसाध्य छैन !
सबै छिमेकीलाई देखाउने होडबाजी छ !
कमेरो रातोमाटो छैन गाउँमा !
सबै सिमेन्ट र फलामे घर छन् !
छोराछोरी बाहिर छन् !
घरमा विचरा आमाबाबु मात्रै छन् !
बजारे चिउरा भगवान्लाई भोग लाउँछ्न् !
ढिकी जाँतो हरायो हजुरबा !
नौरथादेखि ठ्वाङ ठ्वाङ् गर्ने !
पारि गाउँमा मगमग बासना आउने !
माइली धान र ताइचुङ्को धान !
तपाईंसँगै हराए हजुरबा !
तपाईंको पालोमा बनाएका ढुङ्गाका गारे घर !
सबै भत्किए तपाईं भत्किए सरी !
हिँड्ने बाटोघाटो छैन हजुरबा !
देश चलाउने सबै चोर भए !
मुखमा रामराम बगलीमा छुरा !
उत्तिबेला जस्तो कसम छैन अहिले !
उत्तिबेला जस्तो कदम छैन अहिले !
दशैं मनाउँदै छन् तर सबै आडम्बरी !
बजारे तरकारी ! कोठेबारीमा कम्पनी !
न त उत्तिबेला जस्तो हर्ष उल्लास !
किक्रिक्कै परेको दशैं !
माथिबाट ल्याएको भरमा दशैं !!
हजुरबा !
बत्ती कोहिबेला बल्छ ! धेरैजसो जल्छ !
अनि चम्चेहरूको रगरगी चल्छ !
मेरो कवितालाई राजनीति गर्छ !
त्यसैको भरमा चम्चेको दशैं चल्छ !
दही दुध बजारे चल्छ !
ग्वालाको यहाँ हरिबिजोग भा’छ !
चोरले चोरेको चोरै छ !
गरिबीले यहाँ रमिता भा’छ !
तर पनि दसैँ तिहार रमाइलै भा’छ !
बास बस्ने पाहुना अहिले कम भा’छ !
बिहानै आएर बेलुकी घरमै गा’छ !!
तपाईंको घरलाई हेरिटेज होम भएको छ !
घरभित्रै शौचालय सुविधा भएको छ !
तपाईंको घरमा समेत राजनीति भएको छ !
तलबाट दिएको आधा माथि राख्छ !
अनि त्यो समेत पाउन जात र पार्टी हेर्छ !!
सबै पढेलेखेका छन् तर कोहि बोल्दैन !
सोध्यो भने बोल्ने दिन आउँछ भन्छ !
तर तपाईंका नातिनातिना बोलेको दिन !
कुन्नि त यहाँ कस्तो दशैं आउँछ ?
तपाईंको साह्रै झझल्को आउँछ !
टीकाको दिन उत्तिबेलाको …!!!
होस् हजुरबा ! मनमा गाँठो परेर आउँछ !
सबैथोक भएर पनि साह्रो खल्लो लाग्छ !
हजुरामा सन्चै हुनुहुन्छ ?
अहिलेको दसैँ त साह्रै न्याश्रो लाग्छ !!

०००
सिक्किम

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
श्रमजीवी !

श्रमजीवी !

हेमराज अधिकारी
जङ्गलको बतास

जङ्गलको बतास

हेमराज अधिकारी
भिडसँग

भिडसँग

हेमराज अधिकारी
कथाको अन्त

कथाको अन्त

हेमराज अधिकारी
कठै उल्लूहरू !

कठै उल्लूहरू !

हेमराज अधिकारी
हाँसो र हाँसो दिवस !

हाँसो र हाँसो दिवस...

हाेमनाथ घिमिरे
जो भेटे पनि यी झम्टिन्छन्

जो भेटे पनि यी...

रमेश खकुरेल
नाइटो महात्म्य

नाइटो महात्म्य

तिलकराज शर्मा पाैडेल
धन महिमा

धन महिमा

सुशील रिजाल
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली