साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविता लेखेर के हुन्छ ?

हानाहान गरेर द्वन्द्व घरको आगो भई सल्कियो । तानातान गरेर लाज नभई धोती सबै च्यातियो ।। आमाको गहनेत्र टिल्पिल भई रुन्छिन् बरा धर्धर । गर्दै घोर विरोध मात्र कविता लेखेर के हुन्छ र ?

Nepal Telecom ad

भानुभक्त कुभिण्डेली :

मन्त्री बन्न छ होडमात्र सबको ध्याउन्न सत्तातिर ।
पर्ने पर्छ अनन्त भोक भयको देहान्तमा आखिर ।।
यो आक्रान्त सधैँ विदीर्ण जनता देखेर के हुन्छ र ?
गर्दै घोर विरोध मात्र कविता लेखेर के हुन्छ र ?

भन्डाफोर गरेर शब्द छरियून् आक्रोसले गर्जिदै।
स्रष्टाले जति नै सशक्त कविता लेखून् मसी छर्किँदै ।।
सुन्ने कान थुनेर बस्दछ भने के नै कुरा सुन्छ र ?
गर्दै घोर विरोध मात्र कविता लेखेर के हुन्छ र ?

फेरिन्छन् नव पद्धति तर सधैँ मान्छे पुराना जहाँ ।
गर्ने ढङ्ग उही पुरातन भए भेटिन्छ नौलो कहाँ ?
सारा बन्द गरेर के अब नयाँ नेपाल यो बन्छ र ?
गर्दै घोर विरोध मात्र कविता लेखेर के हुन्छ र ?

थैलो पूर्ण भरे विकास नगरी झूटा गरे भाषण ।
आफ्नोमात्र सधैँ सुरक्षित गरे कुर्सी तथा आसन ।।
चाखेको मृदु स्वाद झट्ट सजिलै बानी कहाँ जान्छ र ?
गर्दै घोर विरोध मात्र कविता लेखेर के हुन्छ र ?

खेप्छन् रोग र भोक, शोक जनता चिन्ता तथा वेदना ।
हाम्रो राष्ट्र उठाउने विषयमा आएन खै योजना ।।
इच्छाशक्ति विकास गर्न कहिलै देखिन्न त्यो जाँगर ।
गर्दै घोर विरोध मात्र कविता लेखेर के हुन्छ र ?

हानाहान गरेर द्वन्द्व घरको आगो भई सल्कियो ।
तानातान गरेर लाज नभई धोती सबै च्यातियो ।।
आमाको गहनेत्र टिल्पिल भई रुन्छिन् बरा धर्धर ।
गर्दै घोर विरोध मात्र कविता लेखेर के हुन्छ र ?

०००
भद्रपुर -१०, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणतन्त्र आयो भन्छन्

गणतन्त्र आयो भन्छन्

भानुभक्त कुभिण्डेली
कसले के बिराए ?

कसले के बिराए ?

भानुभक्त कुभिण्डेली
मनको प्यास

मनको प्यास

भानुभक्त कुभिण्डेली
डस्नेहरू छन् यहाँ

डस्नेहरू छन् यहाँ

भानुभक्त कुभिण्डेली
भोकै बस तिमी बरु

भोकै बस तिमी बरु

भानुभक्त कुभिण्डेली
भाने ! तँ लेख्दै नलेख्

भाने ! तँ लेख्दै...

भानुभक्त कुभिण्डेली
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x