साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाइटो महात्म्य

अब नाइटै नाइटा मिलौ नाइटै नाइटा बीच समानता हुनै पर्छ नाइटाको जुलुस नाइटैहरूको भाषण नाइटाको अनसन नाइटैहरूको अस्वासन अब हामी भुडीको लाम्टाले चेपेर चेपिन्नौँ नाइटाले नाइटैलाई होपेर हेपिन्नौँ ।

Nepal Telecom ad

तिलकराज शर्मा पौडेल :

मेरो नाइटो किन कालो किन उनको गोरो
नाइटाको कुरा नाइटैले नबुझ्ने थुक्क नाइटो मोरो ।
मेरो पनि उस्तै उनको पनि उस्तै
कहीँ बढे जस्तो कहीँ गडे जस्तो
नाइटो बविता नाइटो रमिता
नाइटो गजल नाइटो कविता
कसैको नाइटो देवचुली जस्तो
कसैको नाइटो बङ्गालको खाडी
कसैको नाइटो चारकोसे झाडी
मेरो नाइटो किन कालो किन उनको गोरो
नाइटाको कविता नाइटैले नबुझ्ने थुक्क थुक्क नाइटो मोरो ।

कसैको नाइटो बेलुनको टुप्पो
कसैको नाइटो ठपक्क ठुप्पो
कसैको नाइटो भेन्टाको ठुणो
आफ्ने त नाइटो चमुर्किएको छ
कोणसभा जान जुमुर्किएकोछ
उनको नाइटो फिलिमको पर्दा
आफ्ने त नाइटो बमको छर्रा
उनको नाइटो पारदर्शी हाम्रो नाइटो चुच्चे
नाइटाको गठबन्धन नाइटैले नबुझ्ने थुक्क नाइटो फुच्चे
आखिर नाइटो पिरैपर्ने प्वाल परेको छाला
खाल्टो देखे पछि च्वास्स घोच्ने भाला
कसैको नाइटो हलुवा र स्वारी
कसैको नाइटो बोल बम स्वर्गद्वारी
कसैको नाइो टोडको र दुलो
कसैको नाइटो नाक भन्दा ठूलो
उनको नाइटोले उनैलाई मुटु घोच्छ
मेरो नाइटोले कुन पार्टी भनेर सोघ्छ
म नाइटो किन कालो किन उनको गोरो
नाइटाको कुरा नाइटैले नबुझ्ने थुक्क नाइटो मोरो ।

चोलीको मुनि फरियाको शिरमा
छात्तिको पिँध र पेटको भिरमा
तिमी नाइटो कसरी सुहाएकी
सबैलाई पारदर्शी बनाई मन किन रुवाएकी
तिम्रो नाइटो सुन्दरी प्रतियोगिता जित्छ
मेरो नाइटो केवल मुटु बेसरी मिच्छ
हाम्रो नाइटो बेरोजगारीले दिक्क छ
तिम्रो नाइटो डलरमा बिक्छ
तिम्रो नाइटो हङकङ बेलायत जतासुकै जहाँ डुलेनी भाछ ।
हाम्रो नाइटो कही कतै बिक्दैन जनैले मुख छोपी रुवाछ ।

टेली फिल्म तिमीलाई नै रोज्छन्
तिम्रै नाइटो कसौटी खोज्छन्
तिम्रो नाइटो पाउडरले रमाउँछ
हाम्रो नाइटो मएलले चरप्प समाउँछ
तिमीले नै खायौ तिमीले नै पियौँ
नाइटाको सातो नाइटैले लियौ
तिम्रो इटोमा असर्फी बर्सिन्छन्
हाम्रो नाइटो देख्दा हाम्रै नेता तर्सिन्छन्
तिम्रो नाइटो लालमोहन साग सब्जि र भाजी
हाम्रो नाइटो के नाइटो थुक्क डुकुलन्ठु पाजी
तिम्रो नाइटो समस्यको सलुसन
पेटीकोट र मिनीस्कटमा पनि भेन्टी लेसन
सिधापरे देखिने बङ्ग्याए छोपिने
हाम्रो नाइटाको बेहाल र दुर्दशा
सुरुवालमा एकमिटर इककजार घुसा
हाप पाइन्ट पनि समानुपातिककै दशा
सेन्डो गन्जिले पनि नाइटैलाई नै छेक्ने
मन्त्रीज्यूले पनि मनोनयन गर्न अर्घेलै देख्ने
तिम्रो नाइटो महोत्सवमा जादु र सर्कस
हाम्रो नाइटोलाई सधैँको बेकारको कच कच
आखिर नाइटो नाइटै हुन् नाइटै नाइटा बीच भेदभाव किन ?

अब नाइटै नाइटा मिलौ
नाइटै नाइटा बीच समानता हुनै पर्छ
नाइटाको जुलुस नाइटैहरूको भाषण
नाइटाको अनसन नाइटैहरूको अस्वासन
अब हामी भुडीको लाम्टाले चेपेर चेपिन्नौँ
नाइटाले नाइटैलाई होपेर हेपिन्नौँ
हामी नाइटो किन कालो किन तिमी गेरी
नाइटाको महत्व नाइटीले नबुझ्ने थुक्क नाइटी मोरी ॥

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मलाई के रोग लाग्यो कुन्नि ?

मलाई के रोग लाग्यो...

तिलकराज शर्मा पाैडेल
पूरक बजेटमा पार्टीको प्रभाव

पूरक बजेटमा पार्टीको प्रभाव

तिलकराज शर्मा पाैडेल
पोसाक माहात्म्य

पोसाक माहात्म्य

तिलकराज शर्मा पाैडेल
फुटकर फाँकीहरू

फुटकर फाँकीहरू

तिलकराज शर्मा पाैडेल
दौरासुरुवाल र टोपी आतङ्क

दौरासुरुवाल र टोपी आतङ्क

तिलकराज शर्मा पाैडेल
अध्यक्ष हूँ म

अध्यक्ष हूँ म

तिलकराज शर्मा पाैडेल
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
0
Would love your thoughts, please comment.x
()
x