साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाँस

अखबारको समाचार देखेर एक पटक आफ्नो कुर्ची हेर्नु भयो । अखबारमा समाचार छपिएको थियो “छोटा र कमजोर बाँस गाँसेर बनाएको खट भत्किँदा कामदार खस्न पुगे ।”

Nepal Telecom ad

ढाकामोहन बराल :

“लामो बाँस नभए पछि गाँसेर बाध्नै पर्‍यो ।” खट बनाउँदै गरेको हर्कमानले भन्यो ।
“यस्ता टुकुने बाँसबाट बनाएको खट त धेरै कमजोर हुन्छ ।” बाटोमा हिँड्दै गरेको बटुवाले पनि भन्यो ।

“यस्तो खटमा चढेर कसरी काम गर्ने हो ? धानिएर बस्न नै मुस्किल छ ।” भित्तामा पलास्टर गर्ने मान्छे आत्तियो ।
“लामा लामा बाँस बाङ्गा र टेडा भए छोटा बाँस गाँस्नुको विकल्प नै के छ र ? जसरी पनि काम चलाउ अब ।” नरिवलको डोरीले खट बाँध्दै हर्कमानले काम गर्ने मान्छेलाई भन्यो ।

पाँच दिन पछि मुख्यमन्त्रीज्यू आफ्नो कार्यकक्षमा बसिरहनु भएको थियो । अखबारको समाचार देखेर एक पटक आफ्नो कुर्ची हेर्नु भयो । अखबारमा समाचार छपिएको थियो “छोटा र कमजोर बाँस गाँसेर बनाएको खट भत्किँदा कामदार खस्न पुगे ।”

०००
पोखरा ७ मासबार, कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
व्रतबन्ध

व्रतबन्ध

ढाकामाेहन बराल
अवैध सन्तान

अवैध सन्तान

ढाकामाेहन बराल
सांस्कृतिक रुपान्तरण

सांस्कृतिक रुपान्तरण

ढाकामाेहन बराल
समानता

समानता

ढाकामाेहन बराल
खुरापाती

खुरापाती

ढाकामाेहन बराल
अत्याधिक

अत्याधिक

ढाकामाेहन बराल
0
Would love your thoughts, please comment.x
()
x