सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गाँस

अखबारको समाचार देखेर एक पटक आफ्नो कुर्ची हेर्नु भयो । अखबारमा समाचार छपिएको थियो “छोटा र कमजोर बाँस गाँसेर बनाएको खट भत्किँदा कामदार खस्न पुगे ।”

Nepal Telecom ad

ढाकामोहन बराल :

“लामो बाँस नभए पछि गाँसेर बाध्नै पर्‍यो ।” खट बनाउँदै गरेको हर्कमानले भन्यो ।
“यस्ता टुकुने बाँसबाट बनाएको खट त धेरै कमजोर हुन्छ ।” बाटोमा हिँड्दै गरेको बटुवाले पनि भन्यो ।

“यस्तो खटमा चढेर कसरी काम गर्ने हो ? धानिएर बस्न नै मुस्किल छ ।” भित्तामा पलास्टर गर्ने मान्छे आत्तियो ।
“लामा लामा बाँस बाङ्गा र टेडा भए छोटा बाँस गाँस्नुको विकल्प नै के छ र ? जसरी पनि काम चलाउ अब ।” नरिवलको डोरीले खट बाँध्दै हर्कमानले काम गर्ने मान्छेलाई भन्यो ।

पाँच दिन पछि मुख्यमन्त्रीज्यू आफ्नो कार्यकक्षमा बसिरहनु भएको थियो । अखबारको समाचार देखेर एक पटक आफ्नो कुर्ची हेर्नु भयो । अखबारमा समाचार छपिएको थियो “छोटा र कमजोर बाँस गाँसेर बनाएको खट भत्किँदा कामदार खस्न पुगे ।”

०००
पोखरा ७ मासबार, कास्की ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बुझकी

बुझकी

ढाकामाेहन बराल
कमिसन नगर

कमिसन नगर

ढाकामाेहन बराल
बगलीको मिठाई

बगलीको मिठाई

ढाकामाेहन बराल
लास्ट बेन्च

लास्ट बेन्च

ढाकामाेहन बराल
आदत

आदत

ढाकामाेहन बराल
उपाधि

उपाधि

ढाकामाेहन बराल
अर्थशास्त्र

अर्थशास्त्र

सञ्जय साह मित्र
टाउकोमा टुटिलो

टाउकोमा टुटिलो

मुक्तिनाथ शर्मा
सत्य मर्दैन

सत्य मर्दैन

अशोककुमार शिवा
समानता अभियान

समानता अभियान

सुरेशकुमार पाण्डे
जिब्रो

जिब्रो

रमेश समर्थन