साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धन महिमा

कति नाम भए बदनाम भए धन खोज्न गए कति लास भए । किन कर्ण भयो बलि नाम रह्यो किन बाँच्छ दधीचि मरेर गयो ? धनवान् गनिएर कुवेर गए धनमै युवराज धिराज गए ।

Nepal Telecom ad

सुशील रिजाल :

परिवार थियो तरबार भयो
घरबार विना दरबार भयो
अधिकार दियो अपकार भयो
भन के दुनियाँ वरदान भयो ?

किन पाप बढ्यो जब लालच भो
जब मानिस दानवमा गनियो
किन आँसु बहेन कि स्वार्थ बह्यो
बरु मानवता कि विचार कुह्यो ?

धन औषध होइन खाद्य कुनै
डसना धन होइन वस्त्र सुनै
धन डाक्टर होइन हो तर यो
विष यो विषयी धन आज भयो ?

कति सङ्ग्रह गर्छु भनेर मरे
धन साथ लिई कति सिन्धु तरे ?
कति नाम भए बदनाम भए
धन खोज्न गए कति लास भए ।

किन कर्ण भयो बलि नाम रह्यो
किन बाँच्छ दधीचि मरेर गयो ?
धनवान् गनिएर कुवेर गए
धनमै युवराज धिराज गए ।

धन यो सुख होइन हो कि भनूँ
धनहीन हुँदा कि दरिद्र भनूँ ?
सकिँदैन गनेर सकिन्छ धनी
बरु शाश्वत हो धनहीन धनी ।

०००
कीर्तिपुर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
रमिता

रमिता

सुशील रिजाल
नयाँ खाल !

नयाँ खाल !

सुशील रिजाल
भ्रमकाे खेती

भ्रमकाे खेती

सुशील रिजाल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x