साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ खाल !

के जित्याेै भन लाै खुलेर अहिले जित्नेहरू छाै कहाँ मार्याै या त लुट्याै नढाँट नतिजा हार्नेहरू छाैँ यहाँ ? खेल्याै घात सधैँ कथा धमिलियाे जित्ने झिनाे आसमा चाल्याे चाल नयाँ स्वयं शकुनिले तान्याे नयाँ खालमा ॥

Nepal Telecom ad

सुशील रिजाल :

साँचाे न्याय भयाे भनेछ पहिले सत्ता उता पल्टिँदा
घाती चाल गर्याै कि भन्छ अहिले सत्ता यता काेल्टिँदा ।
सत्ता खेल न हाे बुझेन कि बुझ्याे गाेटी भयाे खेलकाे
च्याँखे थाप्छ लुते बडो सकसले मार्ने उही झेल हाे ॥

सत्ता दाउ भनी उसै बखतमा लेखे कथा व्यासले
चाल्याे चाल यहाँ नयाँ रहले अन्याेल सन्त्रासले ।
हुन् आफ्नै हुन ता कि हुन् फरकका सत्ता समालोचक
सारा जिल्ल परे परे कहरमा सत्ता भयाे घाेचक ॥

सस्तो खेल भयाे यहाँ समयकाे भन्छन् महङ्गाे नर
हान्छन् मार यहाँ स्वयं अनुजले खाेज्छन् तिनै उत्तर ।
लङ्का शान्त थियाे भनेर सहजै ढुक्कै थियाे रावण
याे नाथे हनुमान हाे चकचके सक्ला र के नै छुन ॥

गर्दैनन् अनुमान वास्तव कतै सत्ता समाल्नेहरू
मेरै मात्र न हाे सब‌ै सिरिखुरी गर्छन् खुबै ढल्मली ।
यस्तै चाल भयाे नयाँ रहरमा साक्षी तिमी छाै सुन
सत्ता जाेकर भाे भनेर अहिले ढाँट्दै छ खाले किन ॥

के जित्याेै भन लाै खुलेर अहिले जित्नेहरू छाै कहाँ
मार्याै या त लुट्याै नढाँट नतिजा हार्नेहरू छाैँ यहाँ ?
खेल्याै घात सधैँ कथा धमिलियाे जित्ने झिनाे आसमा
चाल्याे चाल नयाँ स्वयं शकुनिले तान्याे नयाँ खालमा ॥

०००
२०८२/०६/२०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रमिता

रमिता

सुशील रिजाल
भ्रमकाे खेती

भ्रमकाे खेती

सुशील रिजाल
कालाे बिरालाे

कालाे बिरालाे

सुशील रिजाल
श्रमिक

श्रमिक

सुशील रिजाल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x