साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आखिर मानव कृत्रिम भो !

चञ्चल चञ्चल बन्दछ हर्दम खोज्दछ आर्जन भुल्दछ त्यो छैन कतै स्थिर सुन्दर आसन आखिर मानव कृत्रिम भो ।

Nepal Telecom ad

सुशील रिजाल :

आखिर मानिस मानिसमा किन हुन्छ दया किन हो झगडा
मानव छन् कति दानव झैँ भन काे कति दङ्गल मा तगडा ?
साथ जुटेपछि मादकता सँग भुल्छ भुलेपछि के समता
भुल्दछ नैतिकता जब सज्जन रेट्दछ कोमल मानवता । १।

चैन समाउन ऐन बनाउन लाग्दछ आदर मिल्छ जता
नाच्दछ नेत्र घुमाउँछ मन्त्र बिकाउँछ अब्बल नैतिकता
के छर लाउन के छर पाउन खाेक्दछ बेहद जाेडगरी
आस्थिर यो मन ताेड्दछ बन्धन भाग्दछ आखिर चोरसरि ।२।

नक्कल झक्कल गर्दछ काँतर सादर उत्तम ठान्छ सधैँ
चन्दन लेपन भष्म दलेपनि गर्दछ रोदन व्याकुल भै
देश विदेश जता पनि मानव पोख्दछ भीषण हार्दिकता
रेट्दछ गर्दन पुग्दछ मन्दिर भेट्न कहाँ छ र नीरवता ।३।

काम बनाउँछ राहत पाउँछ बन्दछ दुश्मन घातक झैँ
स्वार्थ भरेपछि मान बढेपछि गर्जन गर्दछ सज्जन नै
गर्दछ चिन्तन मान बढाउन उन्नत ठान्दछ मालिक रे
ठक्कर पाउँछ मस्त गलेपछि रोदन क्रन्दन गर्छ हरे ।४।

रात बढेपछि मात चढेपछि गर्दछ गर्जन स्याल पनि
कर्म छ दुर्जन ठान्दछ सज्जन बस्दछ काँतर छाल गनी
चञ्चल चञ्चल बन्दछ हर्दम खोज्दछ आर्जन भुल्दछ त्यो
छैन कतै स्थिर सुन्दर आसन आखिर मानव कृत्रिम भो ।५।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
रमिता

रमिता

सुशील रिजाल
नयाँ खाल !

नयाँ खाल !

सुशील रिजाल
भ्रमकाे खेती

भ्रमकाे खेती

सुशील रिजाल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x