साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धको महत्त्व

गुबो हुन् रुखका पाका चुरो हुन् भित्रका गुदी जरा हुन् तरुका खास फल हुन् स्वाद निक्खुरी ।। सम्पत्तिमात्र के लिन्छौ ज्ञान झन् दक्षता लिनू एउटा त दिगो राख अनन्तसम्मको चिनु ।।

Nepal Telecom ad

कविराज घिमिरे :

लेखेर सकिने छैनन् वृद्धका मनका वह
देखेर टेकिँदै हिँड्छन् समस्या छन् भयावह ।।१

छेउमा दुइटा ढुङ्गा बिचका तरुलै सरि
चपेटामा परेका छन् दिनरात बराबरी ।।२

आँसुका मूल्य नै छैनन् त्यसैले बग्दछन् खुला
सास भारी बनेको छ पर्खेरै बस्तछन् मुला ।।३

कमाइ यिनकै खाई डकार्दै हिँड्दछन् अरू
अवज्ञा जसले गर्छन् उनकै बढ्छ आबरु ।।४

के हो कोही हुँदैनन् कि ? वृद्धवृद्धाहरू यिनी ?
सम्झाऊँ कसरी मैले कि दिऊँ वृद्धता किनी ।।५

पाका हुन् ज्ञानका चर्चा सेलायो किन खैँ यहाँ ?
जान्ने हुन्छन् सबै आफैँ उफ्रिँदै छन् जहाँतहाँ ।।६

गुबो हुन् रुखका पाका चुरो हुन् भित्रका गुदी
जरा हुन् तरुका खास फल हुन् स्वाद निक्खुरी ।।७

सम्पत्तिमात्र के लिन्छौ ज्ञान झन् दक्षता लिनू
एउटा त दिगो राख अनन्तसम्मको चिनु ।।८

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
0
Would love your thoughts, please comment.x
()
x