सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

फुटकर फाँकीहरू

पहरोलाई छिचोलेर, पानीका बूँद रसाउनु - मूल हो साथी, ठण्डी गर्मी नभनेर, कोपिलालाई फक्राउनु - फूल हो साथी, यी प्राकृतिक व्यहोरालाई, अनदेखो गरी द्रव्यपिसाची बनेर - पैसालाई बोल्न दिई, सत्य चुप लगाउनु- भूल हो साथी ।

Nepal Telecom ad

तिलकराज शर्मा पौडेल :

१.
मान्छेलाई मतिले जाँच्ने,
सुनलाई कसीले जाँच्ने ।
सुदिन्, कुदिन् जेसुकै होस् –
तिमिरलाई शशीले जाँच्ने ॥

२.
विकासको नाउँमा धर्ती, खन्दा सारा गैरो,
प्रकृतिको आँखो अन्धो, बन्दा कान बैरो ।
निम्छराका गुनासालाई्, केले हेर्नु कल्ले सुन्नु –
जहान मरे उठिबास भो, आउँदा बाढी पैरो ॥

३.
पहरोलाई छिचोलेर, पानीका बूँद रसाउनु – मूल हो साथी,
ठण्डी गर्मी नभनेर, कोपिलालाई फक्राउनु – फूल हो साथी,
यी प्राकृतिक व्यहोरालाई, अनदेखो गरी द्रव्यपिसाची बनेर –
पैसालाई बोल्न दिई, सत्य चुप लगाउनु- भूल हो साथी ।

४.
मनज्ञानको बुद्धि त पानीँदो र’च साथी,
धनपद्को कुरा पो मानिँदो र’च साथी,
नबिगारी सपार्ने मन्त, कोसँग पो नहोला र !
कुरा गर्न त जसले’नि जानिँदो र’च साथी ।

५.
ताजा फलफूलको रस भनेर, पानीमा मिसिएको, जुस नखाए है साथी,
जुम्ली मार्सीको भात् भनेर, चामलमा मिसिएको, भूस नखाए है साथी,
हामी कहाँ पनि रानापा. प्रभृतिले सरकारी ओत पाउँदैनन् कि अब त-
सेवाग्राहीले दिए क्यारे भनेर, कमिशनमा मिसिएको, घूस नखाए है साथी ।
(रानापा. अख्तियारका घुस्याहा राजनारायण पाण्डेको घटनापछि)

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नाइटो महात्म्य

नाइटो महात्म्य

तिलकराज शर्मा पाैडेल
दौरासुरुवाल र टोपी आतङ्क

दौरासुरुवाल र टोपी आतङ्क

तिलकराज शर्मा पाैडेल
अध्यक्ष हूँ म

अध्यक्ष हूँ म

तिलकराज शर्मा पाैडेल
आज फेरि कविता दिवस रे

आज फेरि कविता दिवस...

तिलकराज शर्मा पाैडेल
महान् बन्ने धुनमा

महान् बन्ने धुनमा

तिलकराज शर्मा पाैडेल
‘शहीद बन्ने चानसै पाइएन’

‘शहीद बन्ने चानसै पाइएन’

तिलकराज शर्मा पाैडेल
चार ठोक्तक

चार ठोक्तक

ईश्वर पाेखरेल
बेलाको बोली- १२५

बेलाको बोली- १२५

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली- १२४

बेलाको बोली- १२४

डा. ऋषि बस्ताकाेटी
तीन थरी मुक्तक

तीन थरी मुक्तक

तीर्थराज अधिकारी
तीन ठोक्तक

तीन ठोक्तक

भोजराज रेग्मी ‘मुखाले’
0
Would love your thoughts, please comment.x
()
x