साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुटकर फाँकीहरू

पहरोलाई छिचोलेर, पानीका बूँद रसाउनु - मूल हो साथी, ठण्डी गर्मी नभनेर, कोपिलालाई फक्राउनु - फूल हो साथी, यी प्राकृतिक व्यहोरालाई, अनदेखो गरी द्रव्यपिसाची बनेर - पैसालाई बोल्न दिई, सत्य चुप लगाउनु- भूल हो साथी ।

Nepal Telecom ad

तिलकराज शर्मा पौडेल :

१.
मान्छेलाई मतिले जाँच्ने,
सुनलाई कसीले जाँच्ने ।
सुदिन्, कुदिन् जेसुकै होस् –
तिमिरलाई शशीले जाँच्ने ॥

२.
विकासको नाउँमा धर्ती, खन्दा सारा गैरो,
प्रकृतिको आँखो अन्धो, बन्दा कान बैरो ।
निम्छराका गुनासालाई्, केले हेर्नु कल्ले सुन्नु –
जहान मरे उठिबास भो, आउँदा बाढी पैरो ॥

३.
पहरोलाई छिचोलेर, पानीका बूँद रसाउनु – मूल हो साथी,
ठण्डी गर्मी नभनेर, कोपिलालाई फक्राउनु – फूल हो साथी,
यी प्राकृतिक व्यहोरालाई, अनदेखो गरी द्रव्यपिसाची बनेर –
पैसालाई बोल्न दिई, सत्य चुप लगाउनु- भूल हो साथी ।

४.
मनज्ञानको बुद्धि त पानीँदो र’च साथी,
धनपद्को कुरा पो मानिँदो र’च साथी,
नबिगारी सपार्ने मन्त, कोसँग पो नहोला र !
कुरा गर्न त जसले’नि जानिँदो र’च साथी ।

५.
ताजा फलफूलको रस भनेर, पानीमा मिसिएको, जुस नखाए है साथी,
जुम्ली मार्सीको भात् भनेर, चामलमा मिसिएको, भूस नखाए है साथी,
हामी कहाँ पनि रानापा. प्रभृतिले सरकारी ओत पाउँदैनन् कि अब त-
सेवाग्राहीले दिए क्यारे भनेर, कमिशनमा मिसिएको, घूस नखाए है साथी ।
(रानापा. अख्तियारका घुस्याहा राजनारायण पाण्डेको घटनापछि)

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मलाई के रोग लाग्यो कुन्नि ?

मलाई के रोग लाग्यो...

तिलकराज शर्मा पाैडेल
पूरक बजेटमा पार्टीको प्रभाव

पूरक बजेटमा पार्टीको प्रभाव

तिलकराज शर्मा पाैडेल
पोसाक माहात्म्य

पोसाक माहात्म्य

तिलकराज शर्मा पाैडेल
नाइटो महात्म्य

नाइटो महात्म्य

तिलकराज शर्मा पाैडेल
दौरासुरुवाल र टोपी आतङ्क

दौरासुरुवाल र टोपी आतङ्क

तिलकराज शर्मा पाैडेल
अध्यक्ष हूँ म

अध्यक्ष हूँ म

तिलकराज शर्मा पाैडेल
चार ठोकान

चार ठोकान

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x