साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाँसो र हाँसो दिवस !

जित्छौँ भन्न अझै भुलेन दलले भन्दै छ सत्ता बन्यो । "चौरासी" मतदान हुन्छ कहिले राजा स्वयं पो भन्यो । सुन्दा लाग्दछ हास्य नाटक यहाँ चल्दै छ चारैतिर । हाँसो मात्र गरेर खुल्छ कसरी यो राष्ट्रको तक्दिर !

Nepal Telecom ad

हाेमनाथ घिमिरे :

हाँसो लाग्छ भनौँ; भनौँ कि नभनौँ; माछो बकुल्लोसित ।
सोध्यो लग्न भए त उत्तम कुनै झट्टै लगाऊँ मित ।
जोडीदार बनेर बाघ वनमा खेल्ने खरायो भयो ।
हाँसो लाग्छ अझै मुसो सँगसँगै बस्ने बिरालो रह्यो ।१।

माछो बोट चढ्यो झरेछ जलमा पौडिन्छ रे बाँदर ।
घोडा लुक्न बस्यो पुग्यो चउरमा दौडिन्छ रे काँतर ।
हात्ती माथि बसेर घुम्छ वनमा गैँडा अचम्मै भयो ।
पैह्रयौ पर्वत मृत्तिका सतहमा आश्चर्यलाग्दो छ यो ।२।

खाँदै खान्न भन्यो अहो कुकुरले लौ मासु खेराे गयो ।
खेल्दा सर्प र न्याउरी ; गरुड पो न्यायाधिकारी रह्यो
काशी जानु कता भुलेर बटुवा बाटो कुती दौडियो ।
नेता भन्छ बनाउछौँ मुलक रे हाँसेर मर्ने भयो ।३।

जित्छौँ भन्न अझै भुलेन दलले भन्दै छ सत्ता बन्यो ।
“चौरासी” मतदान हुन्छ कहिले राजा स्वयं पो भन्यो ।
सुन्दा लाग्दछ हास्य नाटक यहाँ चल्दै छ चारैतिर ।
हाँसो मात्र गरेर खुल्छ कसरी यो राष्ट्रको तक्दिर !४।

खेल्छौँ नाटक हास्यपात्र जसरी गम्भीर छैनौ किन !
यस्तै कर्म विचारबाट कसरी घट्ला र यो दुर्दिन ।
आफ्नो मर्म लुकाउँदै अब सधैँ हाँसेर बाँच्ने कति ।
सोच्दैछन् कविले हुँदैन यसरी होला नि हाम्रै खति !५।

०००
२३ वैशाख,२०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
भोट के मा ?

भोट के मा ?

हाेमनाथ घिमिरे
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x