सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हाँसो र हाँसो दिवस !

जित्छौँ भन्न अझै भुलेन दलले भन्दै छ सत्ता बन्यो । "चौरासी" मतदान हुन्छ कहिले राजा स्वयं पो भन्यो । सुन्दा लाग्दछ हास्य नाटक यहाँ चल्दै छ चारैतिर । हाँसो मात्र गरेर खुल्छ कसरी यो राष्ट्रको तक्दिर !

Nepal Telecom ad

हाेमनाथ घिमिरे :

हाँसो लाग्छ भनौँ; भनौँ कि नभनौँ; माछो बकुल्लोसित ।
सोध्यो लग्न भए त उत्तम कुनै झट्टै लगाऊँ मित ।
जोडीदार बनेर बाघ वनमा खेल्ने खरायो भयो ।
हाँसो लाग्छ अझै मुसो सँगसँगै बस्ने बिरालो रह्यो ।१।

माछो बोट चढ्यो झरेछ जलमा पौडिन्छ रे बाँदर ।
घोडा लुक्न बस्यो पुग्यो चउरमा दौडिन्छ रे काँतर ।
हात्ती माथि बसेर घुम्छ वनमा गैँडा अचम्मै भयो ।
पैह्रयौ पर्वत मृत्तिका सतहमा आश्चर्यलाग्दो छ यो ।२।

खाँदै खान्न भन्यो अहो कुकुरले लौ मासु खेराे गयो ।
खेल्दा सर्प र न्याउरी ; गरुड पो न्यायाधिकारी रह्यो
काशी जानु कता भुलेर बटुवा बाटो कुती दौडियो ।
नेता भन्छ बनाउछौँ मुलक रे हाँसेर मर्ने भयो ।३।

जित्छौँ भन्न अझै भुलेन दलले भन्दै छ सत्ता बन्यो ।
“चौरासी” मतदान हुन्छ कहिले राजा स्वयं पो भन्यो ।
सुन्दा लाग्दछ हास्य नाटक यहाँ चल्दै छ चारैतिर ।
हाँसो मात्र गरेर खुल्छ कसरी यो राष्ट्रको तक्दिर !४।

खेल्छौँ नाटक हास्यपात्र जसरी गम्भीर छैनौ किन !
यस्तै कर्म विचारबाट कसरी घट्ला र यो दुर्दिन ।
आफ्नो मर्म लुकाउँदै अब सधैँ हाँसेर बाँच्ने कति ।
सोच्दैछन् कविले हुँदैन यसरी होला नि हाम्रै खति !५।

०००
२३ वैशाख,२०८१

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फर्केन छोरो घर !

फर्केन छोरो घर !

हाेमनाथ घिमिरे
वृद्ध चिन्तन- दुई

वृद्ध चिन्तन- दुई

हाेमनाथ घिमिरे
वृद्ध चिन्तन (१)

वृद्ध चिन्तन (१)

हाेमनाथ घिमिरे
अचम्म !

अचम्म !

हाेमनाथ घिमिरे
नाङ्गो !

नाङ्गो !

हाेमनाथ घिमिरे
धरोधर्म गर्छु (२५)

धरोधर्म गर्छु (२५)

डिल्लीप्रसाद मूलतिहुन
कसो गर्नु हो ? माइला दाइ !

कसो गर्नु हो ?...

तेजविलास अधिकारी
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने