साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमासँगको अन्तरसम्बन्ध

आज तिम्रो छोरा सबको नजरानामा घमण्डी भाको छ कसैले पैतालोमा नपाएर त होला शान्त बसन आमा मलाई त यो उपनाम खुब निको लाको छ ।

Nepal Telecom ad

राज काफ्ले :

के खाइस्
के लाइस्
काँ सुतिस् बाबू
भन्ने मेरि आमालाई यो खबर पुर्‍याइदेउ
मेरो छोरो भनी छातीमा टाँस्ने मेरी
उनीलाई मेरो यो हाल बुझाइदेऊ ।

छैन म रमाएको परदेशमा
सपना जति उठ्छन्
टुट्छन् फुट्छन्
म तेति डराएको छु आमा
सक्दिनँ, फर्किनँ अहिलेकै भेषमा ।

तिम्रो बर्को, बुलाकी
खुट्टाका खिल
भलिभाती याद छ आमा
धैर्य राख न
छोरो लड्दैछ अघि बढ्दैछ
आउने सालमा पो केही होला कि !

हिजो जस्तै लाग्छ
ठुलाघरे साइँलाले
दोभानमै मुठ्ठी कसेको
सानै त थिएँ आमा
गर्न केही सक्थेन
सम्झना छ
मुर्मुरिँदै थचक्क बसेको ।

हिजो छि ! भन्नेहरू
आज सिधा हेर्ने त भाका छन्
धैर्य गरन आमा
सुन्दैछु
के गर्छ त्यो हँ ?
भन्दै चियोचर्चा गर्न लाका छन् !

आज तिम्रो छोरा सबको नजरानामा घमण्डी भाको छ
कसैले पैतालोमा नपाएर त होला
शान्त बसन आमा
मलाई त यो उपनाम खुब निको लाको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x