साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पालेछ नि

ए कवि हो, गजल भन्न अझै कति अघि सर्ने ? अबकाले सुन्ने दुवै कानहरू टालेछ नि ।

Nepal Telecom ad

डिल्लीप्रसाद अधिकारी :

सबै गोरे सबै राम्रा कसले भन्छ काले छ नि ?
तर समाज सतहमा किन बस्न थालेछ नि ?

शिक्षा अब सूचनाको सीमासम्म खुम्चिएछ
ज्ञान अब सञ्चारले खोसी हालेछ नि ।

टुक्रिएर एउटा एउटा मन बोकी हिँड्छ मान्छे
कसरी भो सभ्य समाज सामाजिकता फालेछ नि ।

अर्काकै छ राम्रो भाषा आफ्नो सबै बिर्सेपछि
बेथितिको संस्कृति पो यो पिँढीले पालेछ नि ।

नाङ्लो भई भुस बियाँ फाल्नु पर्छ भन्थे
राम्रा जति फ्याँक्नलाई चाल्नी बन्दै चालेछ नि ।

संस्कारका कुरा अब टेलिभिजन सिकाउँछ
दन्तेकथा सुनाउन छोडे आमा बाले पनि ।

ए कवि हो, गजल भन्न अझै कति अघि सर्ने ?
अबकाले सुन्ने दुवै कानहरू टालेछ नि ।

०००
सिक्किम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विभाजन

विभाजन

डिल्लीप्रसाद अधिकारी
जीवन थिङलाई भनेर

जीवन थिङलाई भनेर

डिल्लीप्रसाद अधिकारी
भावना

भावना

डिल्लीप्रसाद अधिकारी
अफाप

अफाप

डिल्लीप्रसाद अधिकारी
सूचना

सूचना

डिल्लीप्रसाद अधिकारी
चरित्र

चरित्र

डिल्लीप्रसाद अधिकारी
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x