सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

राजनीति

सबैजना प्रमुख अतिथिको व्यग्र पर्खाइमा थिए । ढिलो गरेर प्रमूख अतिथिको आगमन भयो जसलाई देखेर जीवन तिन छक परे । उसलाई उसको विज्ञताले गिज्याए जस्तो लाग्यो । उफ्... ! राजनीति ! उसको मुखबाट वितृष्णायुक्त शब्द निस्कियो ।

Nepal Telecom ad

शुक्रराज कुँवर :

दश कक्षा अध्ययन गर्दै गरेका जीवन र प्रकाश मिल्ने साथी थिए । जीवन सरल एवम् मेधावी छात्र थिए भने प्रकाश गुण्डागर्दीमा अग्रसर हुने झगडालु स्वभावको थियो ।

प्रकाश आफ्नो स्वभाव अनुसार पढन सकेन । उसले दशम कक्षा पनि पूरा नगरी बिचैमा पढाइ छोडिदियो । तर जीवन आफ्नो पढाइमा विशिष्टता हाँसिल गर्दै विदेशी भूमिबाट आफूलाई उर्जा विज्ञको रुपमा स्थापित गराउन सफल भयो ।

विदेशमा विभिन्न परियोजनाहरुमा काम गर्दा जीवनलाई प्रकाशको सम्झना आउने गर्दथ्यो । बिचरा ! दश कक्षा पनि पास गर्न सकेन, के गर्दै होला भन्ने लाग्दथ्यो । प्रकाश राजनीतिमा लाग्या छ रे, कुनै राजनीतिक पार्टीको झोले भएकोछ रे, भन्ने सम्म उसले सुनेको थियो ।

जीवन अत्यन्त हर्षित थियो । आफ्नै देशले शुभारम्भ गर्न लागेको ऊर्जा सम्बन्धी एउटा बृहत् परियोजनामा उर्जा विज्ञको रुपमा ऊ नियुक्त भएको थियो । आयोजकहरूले परियोजना शुभारम्भका लागि भव्य कार्यक्रमको आयोजना गरेका थिए ।

कार्यक्रम स्थल खचाखच थियो र त्यहाँ अन्य क्षेत्रका विज्ञहरूको पनि बाक्लो उपस्थिति थियो । सबैजना प्रमुख अतिथिको व्यग्र पर्खाइमा थिए । ढिलो गरेर प्रमूख अतिथिको आगमन भयो जसलाई देखेर जीवन तिन छक परे । उसलाई उसको विज्ञताले गिज्याए जस्तो लाग्यो । उफ्… ! राजनीति ! उसको मुखबाट वितृष्णायुक्त शब्द निस्कियो ।

ती प्रमुख अतिथि अरु कोही नभएर उसकै साथी, ऊर्जा मन्त्री प्रकाश थिए ।

०००
धरान १०

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सहारा

सहारा

शुक्रराज कुँवर
देखाउने कुरा

देखाउने कुरा

रामप्रसाद अर्याल अभिराम
जन्मोत्सव

जन्मोत्सव

भोलानाथ सुबेदी
अर्थशास्त्र

अर्थशास्त्र

सञ्जय साह मित्र
टाउकोमा टुटिलो

टाउकोमा टुटिलो

मुक्तिनाथ शर्मा
सत्य मर्दैन

सत्य मर्दैन

अशोककुमार शिवा