साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीति

सबैजना प्रमुख अतिथिको व्यग्र पर्खाइमा थिए । ढिलो गरेर प्रमूख अतिथिको आगमन भयो जसलाई देखेर जीवन तिन छक परे । उसलाई उसको विज्ञताले गिज्याए जस्तो लाग्यो । उफ्... ! राजनीति ! उसको मुखबाट वितृष्णायुक्त शब्द निस्कियो ।

Nepal Telecom ad

शुक्रराज कुँवर :

दश कक्षा अध्ययन गर्दै गरेका जीवन र प्रकाश मिल्ने साथी थिए । जीवन सरल एवम् मेधावी छात्र थिए भने प्रकाश गुण्डागर्दीमा अग्रसर हुने झगडालु स्वभावको थियो ।

प्रकाश आफ्नो स्वभाव अनुसार पढन सकेन । उसले दशम कक्षा पनि पूरा नगरी बिचैमा पढाइ छोडिदियो । तर जीवन आफ्नो पढाइमा विशिष्टता हाँसिल गर्दै विदेशी भूमिबाट आफूलाई उर्जा विज्ञको रुपमा स्थापित गराउन सफल भयो ।

विदेशमा विभिन्न परियोजनाहरुमा काम गर्दा जीवनलाई प्रकाशको सम्झना आउने गर्दथ्यो । बिचरा ! दश कक्षा पनि पास गर्न सकेन, के गर्दै होला भन्ने लाग्दथ्यो । प्रकाश राजनीतिमा लाग्या छ रे, कुनै राजनीतिक पार्टीको झोले भएकोछ रे, भन्ने सम्म उसले सुनेको थियो ।

जीवन अत्यन्त हर्षित थियो । आफ्नै देशले शुभारम्भ गर्न लागेको ऊर्जा सम्बन्धी एउटा बृहत् परियोजनामा उर्जा विज्ञको रुपमा ऊ नियुक्त भएको थियो । आयोजकहरूले परियोजना शुभारम्भका लागि भव्य कार्यक्रमको आयोजना गरेका थिए ।

कार्यक्रम स्थल खचाखच थियो र त्यहाँ अन्य क्षेत्रका विज्ञहरूको पनि बाक्लो उपस्थिति थियो । सबैजना प्रमुख अतिथिको व्यग्र पर्खाइमा थिए । ढिलो गरेर प्रमूख अतिथिको आगमन भयो जसलाई देखेर जीवन तिन छक परे । उसलाई उसको विज्ञताले गिज्याए जस्तो लाग्यो । उफ्… ! राजनीति ! उसको मुखबाट वितृष्णायुक्त शब्द निस्कियो ।

ती प्रमुख अतिथि अरु कोही नभएर उसकै साथी, ऊर्जा मन्त्री प्रकाश थिए ।

०००
धरान १०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सहारा

सहारा

शुक्रराज कुँवर
पैँतीस वर्ष

पैँतीस वर्ष

हरि खनाल
पानीबढुवा हाकिम र गोल्डेन एज

पानीबढुवा हाकिम र गोल्डेन...

ठाकुरप्रसाद अधिकारी
क्षितिजको ज्वाला

क्षितिजको ज्वाला

लक्ष्मी रिजाल
कल्पबासको झकास

कल्पबासको झकास

नरेन्द्रराज पौडेल
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
जँड्याहा पत्रिका

जँड्याहा पत्रिका

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x