साइबर अपराध सम्बन्धी सचेतना सामग्री

२१औं शताब्दीको मान्छे

गुन्द्रुक ढिडो खान्न भन्दै रेष्टुरेन्ट धाउँछ। मम, पिज्जा,बर्गरसगै जवानीलाई साट्छ। २१ औं शताब्दीको मान्छे अनुशासन भङ्ग गर्दै दिन बिताउँछ। बुढेसकालमा अस्पतालको शथ्यामाथि आफूलाई लम्पसार पाउँछ।

Nepal Telecom ad

अन्जु शर्मा :

२१ औं शताब्दीको मान्छे
आफूलाई सभ्य ठान्छ
अरूलाई पाखे भन्छ।
लाउन खान जान्या छैन
पार्टीतिर धाउछ
मुस्किलले गिलास उठाएर
मातेको अनुभव गर्छ।

२१ औं शताब्दीको मान्छे
आफूलाई भब्य ठान्छ
भाषा,संस्कृति बिर्सिएर
आमाबाबु सट्टा
मम, ड्याड भन्छ।
खुट्टा ढोग्न हुन्न अरे
परबाटै हाइ भन्छ।

२१ औं शताब्दीको मान्छे
पूजाआजा गर्नहुन्न गलत
काम हो भन्छ।
जन्मोत्सवको सट्टा
ह्यापी बर्थडे भन्दै
डिस्कोतिर धाउँछ।

२१औं शताब्दीको मान्छे
ह्विस्की,बियर,चुरोट पिउँदै
नाङ्गो नाचमा रम्छ।
छिटो उठ्न बाबै भन्दा
सुत्न पनि दिन छोड्यो
ओठे जवाफ लाउछ।

२१ औं शताब्दीको मान्छे
गुन्द्रुक ढिडो खान्न भन्दै
रेष्टुरेन्ट धाउँछ।
मम, पिज्जा,बर्गरसगै
जवानीलाई साट्छ।

२१ औं शताब्दीको मान्छे
अनुशासन भङ्ग गर्दै
दिन बिताउँछ।
बुढेसकालमा अस्पतालको
शथ्यामाथि आफूलाई
लम्पसार पाउँछ।

०००
रात‍ोपुल, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
सत्ताको खोजी

सत्ताको खोजी

अन्जु शर्मा
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x