साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहारा

यो उमेरमा दुःख पाइस् बुढी ! बुढ्यौलीको लौरो सम्झेर छोराहरूको खुब स्याहार सुसार गरेर हुर्काइयो, आज लौरो भाँचिएको जस्तो अवस्था आइपुग्यो।

Nepal Telecom ad

शुक्रराज कुँवर :

हरिकृष्ण दम्पतीका चार सन्तान थिए । दुई भाइ छोरा र दुइटी छोरी । सबैको बिहे बटुलो भइसकेको थियो । छोरा बुहारी छोरी जुवाइँ अष्ट्रेलिया, क्यानाडा, अमेरिका जस्ता देशमा छरिएर रहेका थिए ।

खुशी थिए उनीहरू । एक कल गर्ने बित्तिकै छोराहरूले बैङ्क खातामा पैसा पठाइहाल्थे । छोरीहरूले पनि बाबुआमाप्रतिको आफ्नो कर्तव्य निभाएका थिए । पालैपालो गरेर उनीहरू अष्ट्रेलिया, क्यानडा अमेरिका घुमिरहन्थे । यसर्थमा उनीहरू आफूलाई भाग्यमानी सम्झन्थे ।

सत्तरी कटिसकेका थिए । बुढयौलीले आफ्नो रूप देखाइसकेको थियो । हातगोडा झमझमाउने दुख्ने लगायत अन्य बुढ्यौलीका रोगहरूले च्यापिसकेको थियो । बैङ्क खातामा रहेको पैसा झिक्न जान पनि गाह्रो थियो । अब भने उनीरुलाई हरपल सहाराको खाँचो थियो । छोरा बुहारीलाई भने ।

“कहाँ नेपाल आउने ? यता पि आर, ग्रिनकार्ड भइसक्यो ! हाम्रा पनि छोराछोरी ठुला भइसके, आफ्नै समस्या छ । भन्ने बित्तिकै कहाँ आउन सकिन्छ । कति पैसा चाहिन्छ भन्नु बरू पठाइदिउँला ।” छोरा बुहारीको स्पष्ट जवाफ थियो ।

हरिकृष्ण अस्पतालको बेडमा थिए । दुई बुढाबुढी मात्र, सहाराको सख्त खाँचो थियो । छोराहरूको जवाफले मन खिन्न थियो । छेउको वेडमा लम्पसार परेका अर्का बुढाको अवस्था पनि त्यस्तै थियो । सहाराविहीन । उनैसँग विलौना गर्न थाले ।

त्यसैबेला हरिकृष्णकी बुढी लौरो टेक्दै जाउलो बोकेर टुप्लुक्क आइपुगिन् । हरिकृष्णले गहभरि आँसु पार्दै भने “यो उमेरमा दुःख पाइस् बुढी ! बुढ्यौलीको लौरो सम्झेर छोराहरूको खुब स्याहार सुसार गरेर हुर्काइयो, आज लौरो भाँचिएको जस्तो अवस्था आइपुग्यो।”

आफ्नो बुढाको कारुणिक कुरा सुनेर हरिकृष्णकी बुढीले ढाडस दिँदै भनिन्- “सानो मन नगर बुढा ! छोराछोरीबाट धेरै ठूलो अपेक्षा राख्न पनि हुन्न । परदेशमा छन् । सहारा भनेको यो बुढ्यौलीमा बुढाको लागि बुढी र बुढीको लागि बुढा ! होइन र ?”

०००
धरान

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राजनीति

राजनीति

शुक्रराज कुँवर
सबै पाका मान्छे…

सबै पाका मान्छे…

वेदप्रसाद रिजाल
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x