साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘बहुआयामिक व्यक्तित्व ललितजङ्ग सिजापती’ कृति लोकार्पित

प्रा.डा. गोविन्दमान सिंह कार्कीद्वारा लिखित "बहुआयामिक व्यक्तित्व ललितजङ्ग सिजापती" कृतिको आज पूर्व उपप्रधानमन्त्री एवं सांसद प्रकाशमान सिंहले लोकार्पण गर्नु भयो ।

Nepal Telecom ad

काठमाडौं, २०८० फागुन २ । सरस्वती पूजा र प्रेम दिवसको अवसर पारेर लेखक प्रा.डा. गोविन्दमान सिंह कार्कीद्वारा लिखित “बहुआयामिक व्यक्तित्व ललितजङ्ग सिजापती” कृतिको आज पूर्व उपप्रधानमन्त्री एवं सांसद प्रकाशमान सिंहले लोकार्पण गर्नु भयो ।

आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा आयोजित सो कार्यक्रममा दिव्य पुरुष डा. गौरीशंकरलाल दासको पनि अभिनन्दन गरिएको थियो । स्वास्थको कारण अनुपस्थित दासको सम्मानपत्र उहाँका छोरा सुरेन्द्र दासले ग्रहण गर्नु भएको थियो ।

साहित्य, इतिहास, पत्रकारितामा योगदान गर्नु भएका सिजापतीका दुई दर्जन कृतिहरु प्रकाशित रहेका छन् । छोरी अम्बिका सिजापती र छोरा मदनजङ्ग सिजापतीको प्रयासमा पुस्तक प्रकाशित भएको हो ।

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं सांसद प्रकाशमान सिंह, पूर्व मन्त्री एक साहित्यकार एस. पी. कोइराला, पूर्व मन्त्री एवं सांसद दिपेन्द्र श्रेष्ठ, लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. त्रिरत्न मानन्धर, समीक्षक प्रा. डा. राजाराम सुवेदी, अतिथिहरु प्राज्ञ दिनेशराज पन्त, प्रा. हेमन्त शमशेर, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली, कामपा ११ का अध्यक्ष हीरालाल तण्डुकार, छोरी अम्बिका के. सी. सिजापती लगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

अम्बिका के. सी. सिजापतीले स्वागत गर्नु भएको सो कार्यक्रमको संचालन कवि यादव भट्टराईले गर्नु भएको थियो ।

लोकार्पित पुस्तकमा सिजापती थरको ऐतिहासिकता, ललितजङ्ग सिजापती, राजनीतिक सक्रियता, सर्जकको रुपमा ललितजङ्गको स्मृतिमा भएका कार्यहरु, सन्दर्भ सामग्री र परिशिष्ट ७ ओटा समाविष्ट रहेका छन् ।

कार्यक्रममा पवन आलोक, वियोगी बुढाथोकी, रमेशजङ्ग सिजापती, दिव्य गिरी, गीता कार्की, विक्रमभक्त जोशी, प्रा. भोला पोखरेल, ममता मृदुल, सरस्वती गौतम, मदन नेपाल, निर्मलरमण पराजुली, कल्पना खरेल, नम्रता उप्रेती, बद्री उप्रेती, तुलसी गौतम, सुशीला ढकाल अधिकारी, उषा के. सी., भावना खनाल अर्याल लगायत सिजापती परिवारजन र आफन्त तथा अन्यको उपस्थिति रहेको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x