साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कथाको अन्त

“कति पर्छ ?” “तीस हजार !” उसले मनमा सोच्यो । तीस हजार भए त किताब निकाल्थें ! कथाकार किच्च पर्यो । उसका मथिङ्गलमा भएका एकाएक कथा तुरिए ।

Nepal Telecom ad

जनता कर तिर्न नसकेर छट्पटी गर्दै थिए । नेता माइकमा सरकार बनेको खण्डमा दसदिनमा यो गर्छु त्यो गर्छु भनेर उर्लिरहेका थिए । जनताका घरमा बत्तीका तार लगाइएका थिए तर उज्यालो कतै थिएन । दुनियाँ भरको कानुनी डर देखाएर हड्प गरेको जमिनभित्र विशाल सुरुङ थिए जसमा नदी बगिरहेको थियो । मानिसहरू सुकुम्बासी समस्याले ग्रस्त थिए । कतै बिजुलीको कर तिर्न नसकेर किसान मजदुर आत्महत्या गर्नु बाहेक अरु विकल्प के होला भनेर छट्पटीमा थिए । नेताले आफ्ना नातागोताको नाउँमा प्रसिद्ध शहर बजारमा घर बनाइरहे । जमिन किनिरहे । जनता उल्लू जस्तो दिनभर सुते । रातभर छट्पटीमा जागे ।

कथाकार यो सबै आँखा चिम्लेर हेरिरहेको थियो मूकदर्शक बनेर । उसले कथा लेख्न खोज्यो । चिन्तन गर्यो । छट्पटी लियो । आखिर पाठकलाई इन्तु न चिन्तु । सोचाइमा पर्यो । कसैले पढ्ने त होइन । श्रीमतीलाई सोध्यो ।

“के गरौं ?मुलुक त डुब्ने भो त यो पाराले ?”
“जे सुकै गर् । यो चिन्तन यो छट्पटी मेरो लागि गरेको भए ?”
“के गर्नु पर्थ्याे तिम्रो लागि ?”
“एउटा राम्रो फोन किन्नु पर्थ्याे ।”
“किन ?”
“तिम्रै कथा पढ्न ! मैले नपढे खोइ तिम्रा पाठक ?”
“कति पर्छ ?”
“तीस हजार !”

उसले मनमा सोच्यो । तीस हजार भए त किताब निकाल्थें !
कथाकार किच्च पर्यो । उसका मथिङ्गलमा भएका एकाएक कथा तुरिए ।

०००
सिक्किम
९ डिसेम्बर २०२२ !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रमजीवी !

श्रमजीवी !

हेमराज अधिकारी
जङ्गलको बतास

जङ्गलको बतास

हेमराज अधिकारी
भिडसँग

भिडसँग

हेमराज अधिकारी
कठै उल्लूहरू !

कठै उल्लूहरू !

हेमराज अधिकारी
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x