साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उच्चस्तरीय संयन्त्र गठन गरौँ !!

तिम्ले ढुङ्गाले हानेको ढाड घ्वाच्च-घ्वाच्च गरिरहन्छ, फरुवाको बिँडले लागेको पातो च्वास्स-च्वास्स गरिरहन्छ, तैपनि भन्दैछु हामी निजी स्वार्थ भन्दा पारि तरौँ, साँच्चै आऊ चन्द्रीकी आमा उच्चस्तरीय संयन्त्र गठन गरौँ ।

Nepal Telecom ad

तिम्ले थुप्रै डाडु भाँचिसक्यौ
चलो छैँयाँ यै ढाडमा नाचिसक्यौ
छोरो डराएर भागेको थुप्रै भो फर्केर आको छैन
गालीले पेट भरिने रैनछ अरू क्यै खाको छैन

जङ्गबादुर बन्न नखोज… यो सोभाउ खराब छ तिमीलाई
यो टुटुल्को उम्रेको हैन चिउरी… यसले सराप्छ तिमीलाई
मैले टुच्च लाएर आएँ सरक्क कोठामा गएकी भए के हुन्थ्यो ?
गाली गर्‍यौ एक सट हानेँ सहेकी भए के हुन्थ्यो ?

यो घर सर्कार चल्दैन यसरी सल्लाहमा विघटन गरौँ,
दिउरी फाल पन्युँ आऊ उच्चस्तरीय संयन्त्र गठन गरौँ..!!

दातृ निकाय खोजेर दिनहुँ छोइला चपाउँला,
हाम्लाई पनि राख भन्ने कोही भए डन्ठी लाएर धपाउँला,
तिमी पनि अर्कैसँग फिलम हेर्न नजाऊ म पनि अर्कीसँग जाँदिन,
भुत्ते मुक्काले अघाईँदैन, दुधभात देऊ, छ्या… त्यो रक्सी त खाँदै खाँदिन,

वास्तवमा म त सोझो हुँ, त्यसै जतासुकै हिनेकै छैन,
हिजो अँगालो हालेकी केटी को हो रे ? खै को हो मैले चिनेकै छैन !
भुलिदेऊ बिगत…
अब सर्वपक्षीय घरसर्कार गठन हुने बाटो खनाउँ,
जम्मै विकल्प खुल्ला छन् पुस्पेकी आमा आऊ उच्चस्तरीय संयन्त्र बनाउँ ।

यो सम्बन्ध अझै चाहिन्छ यसलाई यत्तिकै पूरा नगर
टुटुल्को, निलडाम बिर्सिएँ मैले, तिमी पनि लात्ती हानेका कुरा नगर
बरण्डाबाटै खँदार्‍र्यौ दया पलाएन हेरेको हेर्‍यै गर्‍यौ
सकेसम्म त मैले पनि हानेँ तर दमन तिम्ले धेरै गर्‍यौ
तिम्ले ढुङ्गाले हानेको ढाड घ्वाच्च-घ्वाच्च गरिरहन्छ,
फरुवाको बिँडले लागेको पातो च्वास्स-च्वास्स गरिरहन्छ,
तैपनि भन्दैछु हामी निजी स्वार्थ भन्दा पारि तरौँ,
साँच्चै आऊ चन्द्रीकी आमा उच्चस्तरीय संयन्त्र गठन गरौँ ।।

०००
मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उसको भाषण

उसको भाषण

अनिल KH पौडेल’
झोले

झोले

अनिल KH पौडेल’
क्या अलौकिक खाडल !

क्या अलौकिक खाडल !

अनिल KH पौडेल’
महँगो सुख

महँगो सुख

अनिल KH पौडेल’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x