साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता महोदय !

तिमी सच्चिनू- आफूले काटेका आफ्ना खुट्टामा नरिवलको तेल लाएर बस्नू ! तिमी सच्चिनू- आफूले शहीद बन्न पठाएका शहीदका सालिकमुनि पुर्पुरो समाएर बस्नू !!

Nepal Telecom ad

नेता महोदय !
तिमी सच्चिनू-
आँगनमा नाति-नातिना खेलाएर बस्नू !

तिमी सच्चिनू-
लिभिङ-रुममा तरकारी केलाएर बस्नू !

तिमी सच्चिनू-
बार्दलीमा ‘सीताराम’ गाएर बस्नू !

तिमी सच्चिनू-
कपालको बोटमा जेल लाएर बस्नू !

तिमी सच्चिनू-
घाममा ढाड सेकाउँदै वृद्धभत्ता खाएर बस्नू !

तिमी सच्चिनू-
छोराछोरीले
अमेरिकाबाट पठाएको मोबाइल समाएर बस्नू !

तिमी सच्चिनू-
आफूले काटेका आफ्ना खुट्टामा
नरिवलको तेल लाएर बस्नू !

तिमी सच्चिनू-
आफूले शहीद बन्न पठाएका शहीदका सालिकमुनि
पुर्पुरो समाएर बस्नू !!

०००
सितलपाखा, कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कसले ?

कसले ?

अर्जुन पराजुली
म झोले होइन

म झोले होइन

अर्जुन पराजुली
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x